लण्डन । युके नेपलिज ब्याडमिण्टन एसोसिएसनको आयोजनामा पाँचौँ ब्याडमिण्टन प्रतियोगिता हालै सम्पन्न भएको छ ।
मेडिस्टोन, केन्टस्थित न्युलाइन लर्निंग एकेडेमी स्कुलको परिसरमा भएको सो प्रतियोगितामा ७० नेपाली खेलाडीहरु सहभागी भएको एसोसिएसनले जनाएको छ । छ वटा विभिन्न विधामा खेलाइएको सो प्रतियोगितामा लेडिज डबल्सतर्फ श्रीमती सकुन नेम्वांग र श्रीमती नीशा गुरुंगको जोडी पहिलो भएको थियो भने श्रीमती दुर्गा चोंगवांग र श्रीमती कमला खापुंगको जोडी रनर अप भएको थियो । त्यस्तै मेन्स डबल्सतर्फ जोसेफ हुक्पा चोंगवांग र प्रकाश राईको जोडी पहिलो र रिटायर्ड मेजर प्रेम आले र उनका छोरा सुदिप आलेको जोडी रनर अप भएको थियो ।
भेटेरान डबल्सतर्फ खेम हुक्पा चोंगवांग र विष्णु राईको जोडी पहिलो र रेगन राई र प्रदीप कार्कीको जोडी रनर अप भएको थियो । त्यस्तै मिक्स डबल्सतर्फ जोसेफ हुक्पा चोंगवांग र श्रीमती सकुन नेम्वांगको जोडी पहिलो र प्रकाश राई र श्रीमती निशा गुरुंगको जोडी रनर अप भएको थियो । भेटेरान सिंगलतर्फ खेम हुक्पा चोंगवांग पहिलो र रेगन राई रनर अप भएका थिए । यसैगरी मेन्स सिंगलतर्फ नगेन्द्र खापुंग पहिलो र सुदीप आले रनर अप भए ।
प्रतियोगितामा नगेन्द्र खापुंग वेष्ट प्लेयर घोषित भए ।
प्रतियोगिताका विजयी, उपविजेता खेलाडी र रेफ्रीहरुलाई एसोसिएसनका अध्यक्ष मेजर रिटायर्ड प्रेम आले र पूर्व अध्यक्ष कृष्ण घोताने गुरुंगले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार