लण्डन । युके नेपलिज ब्याडमिण्टन एसोसिएसनको आयोजनामा पाँचौँ ब्याडमिण्टन प्रतियोगिता हालै सम्पन्न भएको छ ।
मेडिस्टोन, केन्टस्थित न्युलाइन लर्निंग एकेडेमी स्कुलको परिसरमा भएको सो प्रतियोगितामा ७० नेपाली खेलाडीहरु सहभागी भएको एसोसिएसनले जनाएको छ । छ वटा विभिन्न विधामा खेलाइएको सो प्रतियोगितामा लेडिज डबल्सतर्फ श्रीमती सकुन नेम्वांग र श्रीमती नीशा गुरुंगको जोडी पहिलो भएको थियो भने श्रीमती दुर्गा चोंगवांग र श्रीमती कमला खापुंगको जोडी रनर अप भएको थियो । त्यस्तै मेन्स डबल्सतर्फ जोसेफ हुक्पा चोंगवांग र प्रकाश राईको जोडी पहिलो र रिटायर्ड मेजर प्रेम आले र उनका छोरा सुदिप आलेको जोडी रनर अप भएको थियो ।
भेटेरान डबल्सतर्फ खेम हुक्पा चोंगवांग र विष्णु राईको जोडी पहिलो र रेगन राई र प्रदीप कार्कीको जोडी रनर अप भएको थियो । त्यस्तै मिक्स डबल्सतर्फ जोसेफ हुक्पा चोंगवांग र श्रीमती सकुन नेम्वांगको जोडी पहिलो र प्रकाश राई र श्रीमती निशा गुरुंगको जोडी रनर अप भएको थियो । भेटेरान सिंगलतर्फ खेम हुक्पा चोंगवांग पहिलो र रेगन राई रनर अप भएका थिए । यसैगरी मेन्स सिंगलतर्फ नगेन्द्र खापुंग पहिलो र सुदीप आले रनर अप भए ।
प्रतियोगितामा नगेन्द्र खापुंग वेष्ट प्लेयर घोषित भए ।
प्रतियोगिताका विजयी, उपविजेता खेलाडी र रेफ्रीहरुलाई एसोसिएसनका अध्यक्ष मेजर रिटायर्ड प्रेम आले र पूर्व अध्यक्ष कृष्ण घोताने गुरुंगले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी