
लन्डन । तमु धीं युकेको आयोजनामा आज (आइतबार) बेलायतमा १५ औं संस्करणको नेपाली हुँदैछ ।
लन्डनमा हरेक वर्ष आयोजना हुने नेपाली मेलामा यसवर्ष करिब ५ हजारले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको जनाएका छन् । तमु धीं युकेका अध्यक्ष हरि गुरुङले गत वर्ष करिब ४ हजार २०० जनाले टिकट काटेर नेपाली मेला भरेकोले यस वर्ष सो संख्या ५ हजार नाघ्ने आशा व्यक्त गर्नुभएको छ । मेलास्थल केम्प्टन पार्क रेसकोर्समा आयोजक तमु धीं युके र आमा समूहले शनिबारदेखि नै तयारीमा जुट्नु भएको थियो ।
मेलामा बेलायतमा रहेका नेपाली संघसंस्थाहरूले नेपाली परम्परा र सँस्कृति झल्काउने झाँकी तथा नृत्य प्रस्तुत गर्ने छन् । मेलाका संयोजक तथा तमु धीं युकेका उपाध्यक्ष परशु गुरुङले ४२ वटा संस्थाले सहभागिताका लागि निश्चित गरेको जानकारी दिनुभयो । यस्तै मेलामा व्यापारिक तथा व्यावसायिक स्टलहरू राख्नका लागि ५० वटाभन्दा बढी व्यापारिक तथा सामाजिक प्रतिष्ठानहरूले स्टल बुकिङ गरेको पनि जानकारी यसअघि नै दिइसक्नुभएको छ ।
तमु धीं युकेले नेपाली राजदुताबास लन्डनसितको सहकार्यमा विगत १५ वर्षदेखि नेपाली मेला आयोजना गर्दै आएको छ । सन् २०२० मा कोभिड महामारीका कारण सो मेला हुन सकेको थिएन । त्यसबाहेकका हरेक वर्ष सो मेला हुँदै आएको छ ।
मेलाका संयोजक परशुका अनुसार मेला सम्पन्न गर्नका लागि करिब ३९ हजार पाउण्ड खर्च लाग्ने छ भने करिब साढे ४२ हजार विभिन्न स्रोतबाट आम्दानी हुने छ । नेपाली मेलामा झाँकी र नृत्यतर्फ प्रथम हुनेलाई क्रमश ५००, ३०० र २०० पाउण्ड नगद पुरस्कार, मेडल र प्रमाणपत्र दिइने छ भने दुवै तर्फको अंक जोडेर प्रथम हुनेलाई एम्बासेडर कपसहित ११०० पाउण्ड तथा एनआरएन कपसहित ३०० पाउण्ड प्रदान गरिनेछ । मेलामा राफल ड्र पनि राखिएको छ जसमा प्रथम,द्वितीय र तृतीय पुरस्कार क्रमश ३००, २०० र १०० पाउण्ड नगद दिइनेछ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास