
लन्डन । किरात याक्थुङ चुम्लुङ (केवाईसी) युकेको ग्रेटर लन्डन सिनियर शाखाको अध्यक्षमा कुलकेशर लिम्बु सर्वसम्मत चयन हुनुभएको छ ।
फेल्थामस्थित स्प्रिङवेस्ट एकेडेमीको सभाहलमा गत आइतबार सम्पन्न शाखाको छैटौं अधिवेशनले कुलकेशरको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कुलकेशर यसअघि उपाध्यक्ष पदमा हुनुहुन्थ्यो ।
कार्यसमितिका उपाध्यक्षहरुमा हेम तुम्वापो र दिपेन्द्र लक्सम, महिला उपाध्यक्ष सुष्मिता कन्दङ्वा, सचिव पदमबहादुर चोङबाङ, सहसचिव विश्वराज सेनेहाङ, कोषाध्यक्ष दिपेन्द्र लिम्बु र सहकोषाध्यक्ष प्रभात याङहिङवा चयन हुनुभएको छ ।
सदस्यहरुमा प्रभा खापुङ, रेखा लिम्बु, युवराज फागु चोङबाङ, सुमिना फालेच्छा, राजेश पायल लिम्बु, खगेन्द्र चोङबाङ, सोमिया जेबेगु, शिखा फियाक र सिता राई आङदेम्बे चयन हुनुभएको छ ।
विभागीय प्रमुखको रुपमा दुर्गा बोखिम (प्रोपर्टी विभाग), कृष्णप्रसाद लिङ्देन (जनसम्पर्क विभाग), कला चेम्जोङ र प्रज्ञा लाबुङ (कला तथा संस्कृति विभाग) मा चुनिनुभएको छ ।
शाखाका अध्यक्ष चन्द्र लिङ्देनको अध्यक्षतामा भएको पहिलो सत्रको कार्यक्रममा उपाध्यक्ष कुलकेशर लिम्बुले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव दिपेन्द्र लक्समले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएका केन्द्रीय सल्लाहकार ईश्वर आङ्बोहाङले कार्यक्रम उद्धघाटन गर्दै अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा शाखालाई विशेष सहयोग पुर्याएबापद सदस्य सिल्लीमाया एभेङलाई विशेष सम्मान गरिएको थियो ।
अधिवेशनको दोस्रो सत्रमा सहसचिव दिपेन्द्र लक्समले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष मणि एभेङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । छत्र सिं तेयुङ संयोजक रहेको निर्वाचन समितिमा सदस्यसचिव पूर्ण फाल्लेच्छा र सदस्यमा बिना इङ्नाम रहनुभएको थियो ।
बेलायतमा रहनुभएका लिम्बु (याक्थुङ) जातिहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ युकेको स्थापना सन् २००३ मा भएको हो । यसको हालसम्म १६ वटा शाखाहरु क्रियाशील रहेका छन् ।
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस