
लन्डन । बेलायतको ऐतिहासिक सांस्कृतिक केन्द्र (समरसेट हाउस) मा शनिबार भएको भीषण आगलागी भएको छ । आगो नियन्त्रणका लागि करिब १०० अग्निनियन्त्रक परिचालन गरिएको छ ।
“समरसेट हाउसमा भएको आगलागी नियन्त्रणका लागि १५ वटा दमकल र करिब १०० जना अग्निनियन्त्रक पठाइएको छ । उनीहरूले भवनको छतको केही भागमा रहेको आगो नियन्त्रणको प्रयास गरिरहेको लन्डन फायर ब्रिगेडले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीमा उल्लेख छ । मध्य लन्डनबाट लिइएको अन्य फुटेजमा टेम्स नदीको किनारमा करिब १ सय ८० मिटरसम्म फैलिएको उक्त भवनमाथि धुवाँको बाक्लो मुस्लो उठिरहेको देखिएको छ ।
सन् १७९६ मा खोलिएको पुनर्जागरण भवनको आधिकारिक एक्स अकाउन्टमा भनिएको छ, “समरसेट हाउसको एउटा सानो भागमा आगो लागेका कारण उक्त स्थलमा आवतजावत बन्द गरिएको छ ।”
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस