
लन्डन । प्रधानमन्त्री केइर स्टार्मरले सत्ताको बागडोर सम्हालेपछि पहिलो पटक आइतबार साना डुङ्गामा चढी एकै दिनमा ७०० भन्दा बढी आप्रवासी बेलायती भूमिमा प्रवेश गरेका छन् ।
गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार आइतबार ११ वटा डुङ्गामा ७०३ जना आएका छन् । जुलाईमा भएको बेलायतको आम चुनावमा साना डुङ्गा आगमन रोक्नु एउटा प्रमुख एजेन्डा थियो । सत्ता सम्हालेको केही दिनमै स्टार्मरले आप्रवासीहरूलाई रुवान्डा पठाउने विवादास्पद योजना खारेज गर्नुभएको थियो । यो योजना पछिल्लो कन्जरभेटिभ सरकारको फ्ल्यागशिप नीति थियो ।
यसको साटो स्टार्मरले क्रसिङलाई व्यवस्थित गर्ने र प्रत्येक आप्रवासीले हजारौं युरो भुक्तानी गर्ने मानव तस्करी गिरोहलाई ध्वस्त पार्ने वाचा गर्नुभएको छ । जुलाई २९ मा तीन जना बालबालिकाको ज्यान जाने गरी भएको छुरा प्रहार र एक मुस्लिम आप्रवासीसँग आक्रमणकारी सामाजिक सञ्जालमा गैर–कानुनी तरिकाले जोडिएको घटनापछि बेलायतमा आप्रवासी विरोधी अशान्ति बढेको समय पछिल्लो तथ्याङ्क सार्वजनिक भएको हो ।
आप्रवासनसँग सम्बन्धित मस्जिद र होटललाई लक्षित गरी गरिएको दङ्गाको विरोधमा शनिबार बेलायतभर हजारौं रङ्गभेद विरोधी प्रदर्शनकारीले र्याली निकालेका छन् । स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले गैरकानुनी आप्रवासीको सङ्ख्यामा भएको वृद्धिलाई नियन्त्रण गर्न ‘सहकार्य’ लाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सीमा पार गर्ने व्यक्तिको पछिल्लो सङ्ख्यासँगै सन् २०२४ को सुरुदेखि च्यानल पार गरी बेलायततर्फ जाने आप्रबासीको सङ्ख्या १८ हजार ३४२ पुगेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा