
लन्डन । बेलायतमा ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) ताइची र नेचर वाक गराउँदैछ ।
प्रत्येक शनिबार र मंगलबार बिहान ८ देखि १० बजेसम्म मूरपार्क, फार्नबोरोमा तथा आइतबार र बुधबार प्रिन्सेस गार्डेन अल्डरसटमा सोही समयमा ताईची र आइतबार १८ अगस्ट २०२४ मा बिहान ७:३० देखि ११:३० सम्म नेचर वाक (जंगलमा हिँड्ने) कार्यक्रम आयोजना गरिएको जीआरएनसीका अध्यक्ष मान गुरुङले जानकारी दिनुभयो ।
ताईची प्रशिक्षक गुरुङ भन्नु हुन्छ, ‘ताईचीले तन, मनलाई तन्दुरुस्त र बलियो बनाउन मद्दत गर्दछ ।’ उहाँ १२ वर्षदेखि युनिओन अफ ग्रेट ब्रिटेनको ताईची प्रशिक्षक सदस्य हुनुहुन्छ ।
त्यसैगरी मुख्य प्रशिक्षकको रुपमा मास्टर कोच एन्ड आकाश हिलर इन्द्र गुरुङ, राजी श्रेष्ठ र मान गुरुङले नेचर वाक गराउनुहुनेछ । अध्यक्ष गुरुङले जंगलमा हिँड्नाले पन्च तत्वसँग मिलन हुने बताउनुभयो । नेचर वाकका क्रममा ध्यान गर्ने, जंगलमै नुहाउने, मानिसको नचाहिने इमोसनलाई तरिका लगायत सिकाइनेछ ।
१८ अगस्टको नेचर वाकका लागि अल्डरसटस्थित क्विन्स एभिन्यूको कारपार्कमा भेट्ने तालिका रहेको छ । नेचर वाकमा सहभागीले शुल्क तिर्ने पर्नै छैन । खाना र पिय पदार्थसमेत आयोजकले दिने जीआरएनसीका महासचिव सुशीला मगरले जानकारी दिनुभयो । eventbrite.co.uk मा लगइन गरेर सहभागीले दर्ता गर्न सकिने छ ।
उक्त प्रशिक्षण तथा कार्यक्रमका लागि नेसनल लोटरी फन्डको सहयोग हुने आयोजकले छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास