
लन्डन । बेलायती नवनिर्वाचित सांसद अलेक्स बेकरले भूपू गोर्खाहरुको अन्यायको आवाज सधैं उठाइरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
ब्रिटिस गोर्खा वेलफेयर सोसाईटी (बिजिडब्लूएस) ले ९ अगस्ट २०२४ मा सांसद बेकरलाई बधाई तथा चियापान कार्यक्रममा सम्बोधन गर्नुहुँदै सांसद बेकरले आफ्नो कार्यकालमा गोर्खाका मुद्दाबारे आवाज उठाउने बताउनुभएको हो ।
‘आउँदो चार वर्ष मैले सकेको मद्दत गर्नेछु, चुनावकौ दौडानमा पनि भनेको थिएँ । म प्रमिज गर्न त सक्दिनँ तर तपाईंहरुको अन्यायको विषय सधैं आवाज उठाउनेछु,’ उहाँले भन्नुभयो ।
सांसद बेकरले थप्नुभयो, ‘वेष्टमिनिष्टर हलमा गोर्खा पेन्सनको डिबेट राख्नेछु । गोर्खाहरु भएको निर्वाचन क्षेत्रका एमपीहरुलाई सम्पर्क गर्दैछु ।’
बेकर हालै अल्डरसट निर्वाचन क्षेत्रबाट बहुमत ल्याएर विजयी हुनुभएको सांसद हुनुहुन्छ ।
कार्यक्रम बिजिडब्लूएसको आफ्नै घर गोर्खा भवनमा अध्यक्ष मेरि केन्द्र दल देवान जेपीको सभापतित्वमा भएको हो । नवनिर्वाचित सांसद बेकरलाई संस्थाको तर्फबाट अध्यक्ष देवानले फूलको गुच्छा, कोषाध्यक्ष टेकबहादुर थापा र ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) युकेका वरिष्ठ उपाध्यक्ष उत्तरबहादुर गुरुङले सेतो खादा लगाएर स्वागत तथा बधाई दिनुभएको थियो । बिजिडब्लूएसका पीआर प्रकाश गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।
गोर्खा मिडियाका प्रकाश गुरुङको सहयोगमा
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा