
स्कटल्याण्ड। समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको छ।
स्कटल्याण्ड बिजनेस अवार्ड अन्तर्गत स्टरलिंग र फलक्रिक क्षेत्रको रेस्टुरेन्टहरु मध्य बेस्ट रेस्टुरेन्ट अवार्ड प्रदान गरिएको थियो। २०२४ मा दोस्रो पटक उक्त रेस्टुरेन्टले बेस्ट रेस्टुरेन्ट अवार्ड पाएको छ । यही मार्च २०२४ मा ओसीएनिक अवार्डसद्वारा आयोजना गरिएको द स्कटिस रेस्टुरेन्ट अवार्ड २०२४ मा मेक्सिकन टेक्समेक्स बार एण्ड ग्रिललाई बेस्ट मेक्सिकन रेस्टुरेन्ट अवार्ड प्रदान गरिएको थियो ।
एनआरएनए स्कटल्याण्डका संस्थापक अध्यक्ष तथा एनआरएनए युकेको दुई कार्यकाल उपाध्यक्ष समेत रहनु भएका कार्कीले नेपालमा भूकम्प जाँदा धेरै सहयोग गर्नुभएको थियो। साथै कोभिडको महामारीमा नेपाल र स्कटल्याण्डमा सहयोगको अभियान संचालन गर्नुभएको थियो।
हाल एनआरएनएमा कुनै पदमा नरहनु भएपछि र आफ्नो ब्यबसायमा खटिनु भएपछि अवार्डहरु प्राप्त गर्न थालेको छ। सन्२०१७ मा स्थापना गरिएको उक्त मेक्सिकन रेस्टुरेन्टमा सबै परिकारहरु ताजा मेड टु अडर बनाइने र कुनै फ्रोजन सामग्री प्रयोग नगरिने सञ्चालक समाजसेवी कार्कीले बताउनुभयो । गुणस्तरीय सेवा र ग्राहकको सन्तुष्टिको कारणले नै उक्त अवार्ड प्राप्त गरेको कार्कीले बताउनुभयो ।
एनआरएनए स्कटल्याण्डका संस्थापक अध्यक्ष तथा एनआरएनए युकेका निवर्तमान उपाध्यक्ष समेत रहनु भएका कार्कीले फोर्थ भ्याली कम्युनिटीमा आफ्नो रेस्टुरेन्ट लोकप्रिय रहेको बताउनुभयो । कार्कीको यस बाहेक फलक्रिकमा सुसी रेस्टुरेन्ट तथा प्रोपर्टी बिजनेस पनि रहेको छ। कार्कीको यो चौथौ रेस्टुरेन्ट हो भने निकट भविष्यमा पब बिजनेसमा लगानी गर्दै हुनुहुन्छ।
स्कटल्याण्डको पहिलो नेपाली पब सञ्चालन गर्ने समेत तयारीमा समेत उहाँ रहनुभएको छ । फास्टफुड बिजनेसमा २२ वर्षदेखि कार्यरत कार्कीले यस अघि मध्यपूर्वमा तथा अमेरिकाको मियामीमा उत्कृष्ट म्यानेजरको रुपमा समेत अवार्ड प्राप्त गर्नु भएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा