
लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले हालैका दिनमा बेलायतमा जातीय हिंसाका घट्ना बढिरहेको उल्लेख गर्दै नेपाली समुदायलाई सचेत रहन अपिल गरेको छ ।
अध्यक्ष प्रेम गाहामगरले मंगलबार एक आपतकालीन सेफ्टी एड्भाइजरी जारी गर्दै बढ्दो तनावको यस समयमा नेपाली समुदायको सुरक्षा र कल्याण सुनिश्चित गर्नु आफ्नो दायित्व रहेकाले केही समस्या परे सम्पर्क गर्न पनि सुझाउनु भएको छ ।
लन्डनस्थित नेपाली दूतावासले बेलायतका नेपाली संघसंस्थाहरुलाई आ-आफ्नो तर्फबाट सुरक्षा सतर्कता अपनाउन अपिल गरिदिन आग्रह गरेको थियो ।
एनआरएनए यूकेले आफ्नो एड्भाइजरीमा उच्च–जोखिम क्षेत्रहरूमा नजान, हिंसा फैलिएका स्थानहरूमा यात्रा नगर्न, विश्वसनीय समाचार स्रोतहरू र स्थानीय अधिकारीहरूबाट आधिकारिक अद्यावधिक सूचना मार्फत सूचित रहन सुझाएको छ ।
त्यसैगरी, संघले जोखिम न्यूनीकरणका लागि कुनै पनि प्रदर्शन वा दंगामा भाग नलिन पनि सल्लाह दिएको छ । कुनै पनि हिंसा वा भेद्भावका घट्ना भए प्रहरी वा स्थानीय नेपाली संगठनलाई सूचित गर्न पनि एनआरएनए यूकेको आग्रह छ ।
संघले बेलायतमा रहेका सबै नेपाली संस्थालाई आफ्ना सदस्यहरूलाई सहयोग प्रदान गर्न पनि आग्रह गरेको छ ।केही समस्या परे स्थानीय अधिकारीहरू र नेपाली दूतावासलाई सम्पर्क गरि सहयोग लिन उसको सुझाव छ।
अहिलेको चुनौतीपूर्ण समयमा सुरक्षा र एकतालाई प्राथमिकता दिने उल्लेख गर्दै केही समस्या भए आफ्नो संस्थामा सम्पर्क गर्न पनि अध्यक्ष गाहामगरले अनुरोध गर्नुभएको छ ।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा