
काठमाडौँ । नेपाल सरकारले बेलायतका लागि नयाँ राजदूतमा चन्द्रप्रसाद घिमिरेलाई सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देशहरु भारत र चीनसहित बेलायत र अन्य विभिन्न देशका राजदूतहरु सिफारिस गर्ने निर्णय गरेको हो । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बेलायतका लागि तत्कालीन नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि नेपाल सरकार मन्त्रिपरिषद् बैठकले बेलायतका लागि नेपाली राजदूतमा डा. विजन पन्तलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
तर, सत्ता गठबन्धन फेरिएसँगै डा पन्त बेलायतमा राजदूत हुन पाउनु भएन । तत्कालीन नेपाली राजदूत आचार्य फर्किनु भएकोले सोमबार एमाले र कांग्रेस गठबन्धनको सरकारले घिमिरेलाई राजदूत सिफारिस गरेको हो ।
यस्तै सरकारले छिमेकी भारतका लागि शंकर शर्मा, अमेरिका लोकदर्शन रेग्मी र चीनका लागि कृष्णप्रसाद ओलीलाई राजदूत सिफारिस गरेको छ । शर्मा भारतमा पुन: दोहोरिँदै हुनुहुन्छ ।
जर्मनीमा शैल रुपाखेती, साउदी अरब नरेशविक्रम ढकाल, इजरायल धनप्रसाद पण्डित, दक्षिण अफ्रिका कपिलमान श्रेष्ठ, दक्षिण कोरिया शिवमाया तुम्बहाम्फे, पोर्चुगल प्रकाशमणि पौडेल, पाकिस्तान रिता धिताल, अस्ट्रेलिया कान्ता रिजाल राजदूतमा सिफारिस हुनुभएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास