
लन्डन । बेलायतको रमणीय र शान्त वातावरण रहेको ब्रेकन वेल्समा तीन दिनदेखि चहलपहल भएको छ । नेपाल र वेल्सको पर्यटन प्रवर्द्धनका लागि पोखरेली मञ्च यूके, वी विल राइज फाउन्डेसन र नेपाली समाज ब्रेकन वेल्सको आयोजनामा जुलाई २६, २७ र २८ तारिखसम्म हाइक फर नेपालका लागि पुगेका नेपालीहरुको विविध गतिविधिले वेल्समा रौनकता छाएको हो ।

बेलायतका विभिन्न क्षेत्रबाट भेला भएका नेपालीहरु स्थानीय आउटडोर क्याम्पमा टेन्ट टाँगेर बस्ने, नेपाली खानाको स्टलदेखि सेल्फ कुकिङ, लाइभ संगीत तथा डिजे शो र बालबालिकाका खेललगायत गतिविधिमा रमाएका छन् । आसपासका अग्ला डाँडाको भ्रमण, नेपाली भिलेज युकेको अवलोकन भ्रमणमा पनि उनीहरु सामेल भएका छन् ।

कार्यक्रममा पोखरेली मञ्च यूके , नेपाली भिलेज यूके, नेपाली समाज ब्रेकन वेल्सलगायत संघ संस्थाका पदाधिकारी, सदस्य, विभिन्न क्षेत्रका बुद्धिजीवी, समाजसेवी र अन्य नेपालीहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा नेपाली दूतावास लन्डन, नेपाल पर्यटन बोर्ड यूके, एनआरएनए यूके, ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी एसोसिएसन, रामबजार सोसाइटी यूके र बगर भाइखलक यूकेको सहकार्य रहेको छ ।






तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय