
लन्डन । भारत र संयुक्त अधिराज्य (बेलायत) ले आर्थिक वृद्धिलाई बढावा दिई सहकार्यलाई प्रभावकारी बनाउन नयाँ प्रविधिको सुरक्षाका लागि पहल सुरु गरेका छन् ।
नवनियुक्त बेलायती विदेश सचिवको भारत भ्रमणका क्रममा यो सहमति भएको हो ।
“दुई देशले खनिज, एआइ, सेमीकन्डक्टर र टेलिकमलगायतका क्षेत्रमा सहकार्य गर्ने र जलवायु, व्यापार, प्रविधि र शिक्षाजस्ता मुद्दाहरूमा सहयोगलाई बलियो बनाउने बिषयमा सहमत भएका छन्,” बेलायती विदेश सचिव डेभिड लमीको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
लमीले प्राविधिक पहलको माध्यमबाट एआईदेखि खनिजसम्म भविष्यका चुनौतिहरूमा सहकार्य हुने बताउदै यसबाट आपसी आर्थिक लाभका साथै रोजगारी र लगानीलाई बढावा दिन सकिने बताउनु भएको छ ।
उहाँले भारतीय समकक्षी जयशङ्करसँगको वार्तामा दुवैले इन्डो–प्यासिफिकमा रक्षा र सुरक्षा सहयोग बढाउने सहमति जनाएको तथा रूस–युक्रेनद्वन्द्वलगायत विश्वव्यापी मुद्दाहरूमा छलफल गरेको स्रोतले जनाएको छ ।
लमीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेको र उहाँहरूले प्रविधि सुरक्षा पहललाई स्वागत गरेको बताउनुभएको छ ।
यसैबीच प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्सको पोस्टमा भारत स्वतन्त्र व्यापार सम्झौता गर्न उत्सुक रहेको जनाउनुभएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय