
लन्डन । बेलायतमा नयाँ सरकार गठन भएसँगै युरोपेली सङ्घ (ईयू) र बेलायतबीच वार्ता भएको छ ।
ब्रेक्जिटपछि खस्किएको युरोपेली सङ्घ (ईयू) र बेलायतबीच सम्बन्ध पुनःस्थापना गर्ने उद्देश्यले दुई पक्षका शीर्ष अधिकारीहरूले सोमबार ब्रसेल्समा पहिलोपटक वार्ता गरेका छन् । बेलायतका नवनिर्वाचित प्रधानमन्त्री केइर स्टार्मरले युरोपेली सङ्घसँगको वर्षौंदेखि विवादित रहेको सम्बन्धलाई सुधार्ने वाचा गर्नुभएको छ । यसै सन्दर्भमा ईयू सम्बन्धका लागी बेलायतका मन्त्री निक थोमस–साइमन्ड्सले ईयूका मारोस सेफकोभिकसँग वार्ता गर्नुभएको हो । सेफकोभिकले बैठकलाई रचनात्मक भएको बताउनुभयो ।
बेलायतका नयाँ प्रधानमन्त्रीले युरोपेली सङ्घसँगको व्यापार द्वन्द्व कम गर्ने वाचा गर्नुभएको छ । तर आफ्नो सरकारले ब्रेक्सिटलाई नउल्टाउने र युरोपेली एकल बजारको हिस्सा नबन्ने कुरामा अडिग रहेको जानकारी दिनुभयो ।
युरोपियन सङ्घले सम्बन्ध सुधारको उदेश्यले लन्डनबाट आएको प्रस्तावमा विचार गर्न इच्छुक रहेको बताएको छ । साथै बेलायतलाई सङ्घबाट बाहिर निस्कन कठिन ढङ्गले भएको वार्ताका सम्झौताहरू पुनः खोल्न इच्छुक नरहेको जनाएको छ । प्रधानमन्त्री स्टार्मरले बिहीबार बेलायतको ब्लेनहेम प्यालेसमा हुने बैठकमा युरोपभरका नेताहरूलाई आमन्त्रित गर्नुभएको छ ।
उक्त सम्मेलनले नयाँ प्रधानमन्त्रीलाई युरोपेली सङ्घका समकक्षीहरूसँग आफ्ना विचारहरू प्रस्तुत गर्ने प्रमुख मञ्च प्रदान गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा