
लण्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद युकेको नयाँ कार्यसमितिको निर्वाचन जुलाई २१ मा लण्डनमा हुने भएको छ ।
परिषदका अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा बसेको सचिवालय बैठकले २१ जुलाई २०२४ आइतबारका दिन दिउँसो १२.०० बजे एबीआई कलेज,एक्टन हाइस्ट्रिटमा बस्ने परिषदको २९ औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । साधारण सभाले आगामी दुई वर्षका लागि परिषद्को १४औँ कार्यसमितिको निर्वाचित गर्ने छ ।
निर्वाचन सम्पन्नका लागि परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहको अध्यक्षतामा ६ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ। अध्यक्ष मण्डलमा परिषद्का प्रमुख वरिष्ठ सल्लाहकार डा. राघवप्रसाद धिताल, पूर्व अध्यक्षहरू हरिसिंह थापा र खगेन्द्र नेपाली, सल्लाहकारहरू विजय थापा र कृष्ण भट्ट रहनुभएको छ ।
परिषद् सचिवालयले एक विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण सर्जक कवि साहित्यकार तथा साहित्यप्रेमी समाजसेवीहरूमा निर्वाचनमा उत्साहवर्धक सहभागिताका लागि खुल्ला उन्मेद्वारी मनोनयन आह्वान गरेको छ । निर्वाचनमा उम्मेद्वार हुन चाहने उम्मेद्वारले यही १९ जुलाई साँझ ५.३० बजेभित्र अध्यक्ष मण्डलका सदस्य कृष्ण भट्टसमक्ष आफूले उठ्न चाहेको पदमा उम्मेद्वारी नाम दर्ता गराउनु पर्नेछ भने परिषद्को सदस्यता नवीकरण वा नयाँ सदस्यताका लागि परिषद्का वरिष्ठ कोषाध्यक्ष मनोज अन्जान वा अध्यक्ष कोमल प्रसाद मल्ल श्रेष्ठसँग अविलम्व सम्पर्क गर्न पनि विज्ञप्तिमा आह्वान गरिएको छ ।
सन् १९९५ मा स्थापना भएको बेलायतस्थित नेपालीहरूको जेठो साहित्यक संस्था नेपाली साहित्य विकास परिषद् युकेको नियमित निर्वाचन हरेक दुई/दुई वर्षमा हुने गरेको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा