
लण्डन । बेलायतको मुद्रास्फिति तीन वर्षयताकै सबैभन्दा कम्ती देखिएको छ ।
बेलायतको अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस) ले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा बेलायतको मुद्रास्फिति २ प्रतिशत रहेको पाइएको छ ।
बेलायत सरकारले मुद्रास्फितिलाई नियन्त्रण गरी २ प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । वर्तमान प्रधानमन्त्री ऋषि सुनकले गरेका पाँच वाचामध्ये यो पनि एक रहेको थियो ।
अप्रिल महिनामा मुद्रास्फिति २.३ प्रतिशत रहेको थियो भने सन २०२२ को अक्टोबरमा ११.१ प्रतिशतसम्म पुगेको थियो जुन बेलायतको ४१ वर्षयताकै सबैभन्दा उच्च मुद्रास्फिति थियो।
खासगरी कोभिड महामारीका कारण सन् २०२१ जुलाईबाट उकालो लाग्न शुरु गरेको मुद्रास्फिति र युक्रेन लडाइँका कारण झण्डै नियन्त्रणभन्दा बाहिर गएको थियो । अहिले भने मुद्रास्फिति लक्ष्य गरिएको अंकमा झरेको छ । मुद्रस्फिति घट्नुको मुख्य कारण घरायसी उर्जाको मूल्यमा कमी आउनुलाई मानिएको छ ।
बेलायतको मुद्रास्फिति अरु देशहरूको तुलनामा छिटो ओरालो लागेको पाइएको छ । जबकि अमेरिकामा मे महिनामा ३.३ र युरोपमा २.६ प्रतिशत रहेको थियो ।
मुद्रास्फिति लक्ष्य गरिएको दरमा झरेपनि बैँक अफ इङ्ल्याण्डले आधारभूत ब्याज दर भने यो महिना नघटाउने अनुमान गरिएको छ । जबकि युरोपको केन्द्रीय बैँकले भने ब्याज दर घटाउने निर्णय गरिसकेको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा