
लण्डन । दुई दशकदेखि ह्याम्पशायर फार्नबरो बस्दै आईरहेकी धरान, सुनसरीकी धनु गुरुङ्गले क्यान्सर पीडितहरुका लागि साइकल चलाएर करिब एक लाख रुपियाँ सहयोग संकलन गर्न सफल भएकी छन् । उनले उक्त रकम क्यान्सर परोपकारी संस्था म्याकमिलनलाई हस्तान्तरण गरेकी छन् ।
ब्रिटिस हाट फाउन्डेसद्वारा आयोजित अत्यन्तै जोखिमपूर्ण ९० किलोमिटरको दुरी रहेको साइकल यात्रामा भाग लिँदै उनले सो सहयोग संकलन गरेकी हुन् । साइकल यात्रा लण्डनबाट सुरु भई ब्राइटनमा पुगेर सकिएको थियो । यात्रा पूरा गर्न करिब ६ घण्टा ३० मिनेट लागेको उनले बताइन् । यात्रा पूरा गर्न पाउँदा आत्मसन्तुष्टी र खुशी मिलेको बताउदै गुरुङ्गले आफ्नो जीवनकालभर क्यान्सर पीडितहरुका लागि अझै उत्साहजनक कार्यहरुमा भाग लिएर उनीहरुको घाउमा मलम लगाइरहन प्रयास गर्ने अठोट व्यक्त गरिन् ।
क्यान्सर रोगका कारण बाल्यवस्थामा नै आफ्नो आमालाई गुमाउनुको पीडाले सताइरहने र आमाको संझनामा हरेक बर्ष क्यान्सर रोगसग सामना गरिरहेका पीडितहरुलागि हौशला बढाउन सोच आइरहने पनि उनले बताइन् ।
उनले केही वर्ष अघि पनि क्यान्सर पीडित बालबालिकाहरुका लागि रकम संकलन गर्न दश हजार फिटमाथिबाट ‘स्काइडाइभिङ जम्प’ गरेकी थिइन् । सो कार्यबाट संकलित रकम क्यान्सर, संगठन नेपाललाई सहयोग गरेको उनले बताइन् ।
आफुले गरिरहेको अभियानहरु सफल बनाउन सहयोग गर्ने सबैलाू उनले कृतज्ञता ब्यक्त गरेकी छिन् ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण