
लण्डन । मंगोलियन हार्ट ब्याण्डका लोकप्रिय गायक राजु लामाको कन्सर्टमा बेलायतमा दर्शकहरूले मनोरन्जन लिएका छन् ।
मगर संघ युकेद्वारा शनिबार बेलायतको मिडस्टोन केन्टस्थित केन्ट सो ग्राउण्डमा आयोजित नेपलिज ओपन कन्सर्टमा लामाले आफ्ना फ्यानका साथै उपस्थित दर्शकहरुलाई आफ्ना करिब एक दर्जन गीत गाएर मनोरन्जन दिए ।
नेपाली राष्ट्रिय झण्डा बोकेर मेरो नेपाल बोलको गीतको गीत गाउँदै स्टेज चढेका उनले आफ्ना नयाँ पुराना गीतहरु करिब दुई घण्टा गाएका थिए । तिमीलाई देखेर, पर्खाईमा, हल्ला चलेछ, सायद तिम्रो बाटोमा, बिस्तारै बिस्तारै, बादल पारिको देशबाट, हरियो भन्नु, सुम्निमा, नतानु त तानु लाग्ने लगायतका गीत गाएका थिए । लामालाई बेलायतको स्थानीय सिक्का ब्याण्डले लाइभ म्यूजिकमा साथ दिएको थियो ।
लामाले गाउनुअघि सिक्का ब्याण्डले पनि केही गीत प्रस्तुत गरेको थियो भने नेपालबाट आएका कलाकारहरू नेशन पुन, यज्ञ विके, मुना थापामगर, ललिता पुन र प्रेम विवश घर्तीमगरले पनि गीत गाएका थिए भने मगर गट ट्यालेण्ट २०२४ की विजेता रुबिया थापा,मिफ्रुरुङ युथ समूह र मगर संघ केन्ट शाखाका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए ।

नेपाली दुताबास लण्डनका उपनियोग प्रमुख श्रीमती रोशन खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा स्थानीय मेडिस्टोन काउन्सिलका मेयर, गैरआवासीय नेपाली संघका अध्यक्ष प्रेम गाहा, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मापहाडी शेर्पा, तमुधिँ युकेका अध्यक्ष हरि गुरुङ, मगर संघ युकेका संरक्षक घनबहादुर थापा, पूर्व अध्यक्षहरूलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित थिए । अतिथिहरूलाई मगरहरूको लाइभ कौरा बजाउँदै, गाउँदै, नाच्दै स्टेजमा लगिएको थियो ।
कार्यक्रमको अध्यक्ष अध्यक्ष सीता पुन र संचालन महासचिव गुमानसिंह थापाले गरेका थिए भने साँस्कृतिक संयोजक सरू राना गुरुङले साँस्कृतिक कार्यक्रम चलाउन मिस युके नेपाल सिर्जना गुरुङ, दीपक माइथाने, रूपा राना र नुनु पाइजालाई दिएकी थिइन् ।
हावा र पानीको प्रतिकूल मौसमका बावजूद पनि दर्शकहरू कार्यक्रमको अन्तिमसम्म धैर्यधारण गरेर राजु लामाको प्रस्तुति हेर्न बसेका थिए ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा