
लण्डन । नेपालमा सरकार परिवर्तनसँगै राजदुतहरु पनि परिवर्तन गर्ने परिपाटीले बेलायतबाट पछिल्लो चार वर्षमा मात्र दुई राजदुत फिर्ता गरिने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
सो निर्णयअनुसार अब बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य पनि फिर्ता जानुपर्ने भएको छ ।
आचार्य लगायत राजदुतहरुलाई पूर्ववर्ती गठबन्धनका पालामा नियुक्त गरिएको र हाल नयाँ गठबन्धनको सरकार बनेकाले फिर्ता बोलाइएको अनुमान गरिएको छ ।
परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव समेत सम्हालिसकेका आचार्य नेपालको कुटनीतिक क्षेत्रमा राम्रो दख्खल राख्ने व्यक्तित्वका रुपमा परिचित छन् । उनी बेलायतका लागि नेपाली राजदुतका रुपमा सन् २०२२ नोभेम्बरमा नियुक्त भएका थिए भने २०२२ को फेब्रुअरीमा पदबहाली गरेका थिए ।
राजदुत आचार्यभन्दा अगाडीका बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई पनि नेपालमा सरकार परिवर्तन भएसँगै फिर्ता बोलाइएको थियो । नेपाल सरकारका मुख्य सचिव रहिसकेका रेग्मीले एक वर्ष पनि राजदुत सम्हाल्न पाएनन् । उनी २०२१ को जनवरीमा राजदुत नियुक्त भएर मार्चमा पदबहाली गर्न बेलायत आएका थिए । तर त्यसको सात महिनामै उनलाई सरकारले फिर्ता बोलाएको थियो ।
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा