
लण्डन । किरात राई यायोख्या बेलायतले यसवर्षको साकेला उभौली वोकिङस्थित ग्याम्बल्स लेनमा रहेको आफ्नै जग्गामा मनाएको छ ।
अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतामा भएको सो समारोहमा प्रमुख अतिथि गिल्फोर्डका मेयर साली बार्कर एमबीई हुनुहुन्थ्यो ।
कार्यक्रमको शुरुमा नाक्छुङ किताबशेर राई र पुर्खा रत्न राईले पूजाथानमा विधिवत पूजा गरेका थिए । त्यसपछि मञ्चमा औपचारिक कार्यक्रम अघि बढेको थियो । औपचारिक कार्यक्रमको सञ्चालन महासचिव चन्द्रावती राई र उपमहासचिव प्रमिला लाबुङ राईले गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष मेजर रिटायर्ड दिलकुमार राईले स्वास्थ्य र सुरक्षाका बारेमा जानकारी गराएका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष क्याप्टेन रिटायर्ड सुमनचन्द्र राईले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि मेयर साली बार्कर र गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहामगरले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा भाषागत संस्था र स्थानीय शाखाहरुले सिली प्रदर्शन गरेपछि कार्यक्रममा उपस्थित सबैले सिलीमा भाग लिँदा कार्यक्रम रमाइलो भएको थियो ।
कार्यक्रममा रसमोर र फोल्कस्टोनका मेयरहरु लगायत बेलायतस्थित नेपाली समुदायका अग्रजहरुको उपस्थिति रहेको थियो ।
तस्वीरहरू शिव भण्डारी

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण