
लण्डन । किरात राई यायोख्या बेलायतले यसवर्षको साकेला उभौली वोकिङस्थित ग्याम्बल्स लेनमा रहेको आफ्नै जग्गामा मनाएको छ ।
अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतामा भएको सो समारोहमा प्रमुख अतिथि गिल्फोर्डका मेयर साली बार्कर एमबीई हुनुहुन्थ्यो ।
कार्यक्रमको शुरुमा नाक्छुङ किताबशेर राई र पुर्खा रत्न राईले पूजाथानमा विधिवत पूजा गरेका थिए । त्यसपछि मञ्चमा औपचारिक कार्यक्रम अघि बढेको थियो । औपचारिक कार्यक्रमको सञ्चालन महासचिव चन्द्रावती राई र उपमहासचिव प्रमिला लाबुङ राईले गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष मेजर रिटायर्ड दिलकुमार राईले स्वास्थ्य र सुरक्षाका बारेमा जानकारी गराएका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष क्याप्टेन रिटायर्ड सुमनचन्द्र राईले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि मेयर साली बार्कर र गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहामगरले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा भाषागत संस्था र स्थानीय शाखाहरुले सिली प्रदर्शन गरेपछि कार्यक्रममा उपस्थित सबैले सिलीमा भाग लिँदा कार्यक्रम रमाइलो भएको थियो ।
कार्यक्रममा रसमोर र फोल्कस्टोनका मेयरहरु लगायत बेलायतस्थित नेपाली समुदायका अग्रजहरुको उपस्थिति रहेको थियो ।
तस्वीरहरू शिव भण्डारी

नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा