
लण्डन । जुलाईको १३ र १४ तारिखमा इङ्ल्याण्डको साउथिण्डमा हुने राष्ट्रिय डाइभिङ प्रतियोगितामा नेपाली मूलका सेवास्टियन कारञ्जित छानिएका छन् ।
आठ वर्षीय कारञ्जित सेफिल्डमा भएको दुई वटा क्षेत्रीय छनौट प्रतियोगितामा प्रथम (गोल्ड मेडलिष्ट) बन्दै ‘स्वीम इङ्ल्याण्ड न्याशनल स्कील्स’को राष्ट्रियस्तरको अन्तिम प्रतिस्पर्धाका लागि छानिएका हुन् । उनी ग्रुप ‘ई’ बाट प्रतिस्पर्धा गर्दैछन् ।
दाजुको पछिपछि लाग्दै छ वर्षको उमेरदेखि डाइभिङमा लागेका सेवास्टियन हाल सेफिल्डमा डाइभिङका राष्ट्रिय टीमका खेलाडीहरुसित अभ्यास गरिरहेका छन् । हरेक हप्ता चारपटक अभ्यासमा उनले बिताउने गरेको पिता प्रदिप कारञ्जित बताउँछन् ।
पढाइका अतिरिक्त साताको १० घण्टा डाइभिङमा लाग्न उनलाई उनी अध्ययनरत विद्यालयले पनि प्रोत्साहन गरिरहेको पिता प्रदिप बताउँछन् । ‘विद्यालयबाट पनि राम्रो सहयोग मिलिरहेको छ । अभ्यासको दिन चाँडो विद्यालय छोड्न अनुमति दिएर विद्यालयले ठूलो मद्दत गरिरहेको छ’ उनले भने ।
करिब तीन वर्ष तालिममा बिताइसकेको सेवास्टियनको सपना भने ओलम्पिकमा सहभागी बन्ने छ । तर त्यो सहभागिता टीम जीबी (ग्रेट बिटेन) बाट पनि हुन सक्छ या नेपालबाट पनि ।
प्रदिप भन्छन्, ‘बेलायतमा राष्ट्रिय टीमका खेलाडी, ओलम्पियन र प्रशिक्षकहरुबाट सिकेको तालिम र यहाँ उपलब्ध पूर्वाधारलाई नेपालको तर्फबाट पनि प्रतिनिधित्व गर्नमा पनि लगाउन सकिन्छ कि भन्ने लागेको छ ।’
हाल लेस्टरमा बसोबासरत सेवास्टियनका मातापिताले तालिमका लागि उनलाई सेफिल्डसम्म लाने लैजाने गरिरहेका छन् । सेफिल्डमा क्लव, कोचहरु राष्ट्रियस्तरको भएकाले र ओलम्पियनहरु पनि आउने गरेकाले त्यति टाढा भए पनि ल्याउने लैजाने गरिएको प्रदिप बताउँछन् । सेवास्टियनले अहिलेसम्ममा करिब आधा दर्जन डाइभिङका ओलम्पियनलाई भेटी सकेका छन् ।
सेवास्टियनका दाजु पहिले डाइभिङमा लागे पनि अहिले भने उनले डाइभिङ छोडिसके । उनी भने अहिले पर्फमिङ आर्टमा लागेका छन् ।
सेवास्टियनका मातापिता दुवै व्यावसायिक खेलाडी भने होइनन् । प्रदिप बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा महाप्रबन्धक छन् । आफू पढ्दा नेपालमा एकोहोरो पढाइमा मात्र लाग्न प्रोत्साहन गर्ने, अतिरिक्त क्रियाकलापमा लाग्न निरुत्साहित गरिए पनि बेलायतको विद्यालय शिक्षामा खेलकुद लगायतका अन्य क्रियाकलापमा लाग्न प्रोत्साहन गर्ने परिवेशले नै सेवास्टियनको क्षमता पनि प्रस्फुटन हुने मौका पाएको प्रदिप बताउँछन् ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा