
लण्डन । जुलाईको १३ र १४ तारिखमा इङ्ल्याण्डको साउथिण्डमा हुने राष्ट्रिय डाइभिङ प्रतियोगितामा नेपाली मूलका सेवास्टियन कारञ्जित छानिएका छन् ।
आठ वर्षीय कारञ्जित सेफिल्डमा भएको दुई वटा क्षेत्रीय छनौट प्रतियोगितामा प्रथम (गोल्ड मेडलिष्ट) बन्दै ‘स्वीम इङ्ल्याण्ड न्याशनल स्कील्स’को राष्ट्रियस्तरको अन्तिम प्रतिस्पर्धाका लागि छानिएका हुन् । उनी ग्रुप ‘ई’ बाट प्रतिस्पर्धा गर्दैछन् ।
दाजुको पछिपछि लाग्दै छ वर्षको उमेरदेखि डाइभिङमा लागेका सेवास्टियन हाल सेफिल्डमा डाइभिङका राष्ट्रिय टीमका खेलाडीहरुसित अभ्यास गरिरहेका छन् । हरेक हप्ता चारपटक अभ्यासमा उनले बिताउने गरेको पिता प्रदिप कारञ्जित बताउँछन् ।
पढाइका अतिरिक्त साताको १० घण्टा डाइभिङमा लाग्न उनलाई उनी अध्ययनरत विद्यालयले पनि प्रोत्साहन गरिरहेको पिता प्रदिप बताउँछन् । ‘विद्यालयबाट पनि राम्रो सहयोग मिलिरहेको छ । अभ्यासको दिन चाँडो विद्यालय छोड्न अनुमति दिएर विद्यालयले ठूलो मद्दत गरिरहेको छ’ उनले भने ।
करिब तीन वर्ष तालिममा बिताइसकेको सेवास्टियनको सपना भने ओलम्पिकमा सहभागी बन्ने छ । तर त्यो सहभागिता टीम जीबी (ग्रेट बिटेन) बाट पनि हुन सक्छ या नेपालबाट पनि ।
प्रदिप भन्छन्, ‘बेलायतमा राष्ट्रिय टीमका खेलाडी, ओलम्पियन र प्रशिक्षकहरुबाट सिकेको तालिम र यहाँ उपलब्ध पूर्वाधारलाई नेपालको तर्फबाट पनि प्रतिनिधित्व गर्नमा पनि लगाउन सकिन्छ कि भन्ने लागेको छ ।’
हाल लेस्टरमा बसोबासरत सेवास्टियनका मातापिताले तालिमका लागि उनलाई सेफिल्डसम्म लाने लैजाने गरिरहेका छन् । सेफिल्डमा क्लव, कोचहरु राष्ट्रियस्तरको भएकाले र ओलम्पियनहरु पनि आउने गरेकाले त्यति टाढा भए पनि ल्याउने लैजाने गरिएको प्रदिप बताउँछन् । सेवास्टियनले अहिलेसम्ममा करिब आधा दर्जन डाइभिङका ओलम्पियनलाई भेटी सकेका छन् ।
सेवास्टियनका दाजु पहिले डाइभिङमा लागे पनि अहिले भने उनले डाइभिङ छोडिसके । उनी भने अहिले पर्फमिङ आर्टमा लागेका छन् ।
सेवास्टियनका मातापिता दुवै व्यावसायिक खेलाडी भने होइनन् । प्रदिप बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा महाप्रबन्धक छन् । आफू पढ्दा नेपालमा एकोहोरो पढाइमा मात्र लाग्न प्रोत्साहन गर्ने, अतिरिक्त क्रियाकलापमा लाग्न निरुत्साहित गरिए पनि बेलायतको विद्यालय शिक्षामा खेलकुद लगायतका अन्य क्रियाकलापमा लाग्न प्रोत्साहन गर्ने परिवेशले नै सेवास्टियनको क्षमता पनि प्रस्फुटन हुने मौका पाएको प्रदिप बताउँछन् ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी