
लण्डन । बेलायतमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरुलाई दिइँदै आएको पोष्ट स्टडी वर्क (पीएसडब्ल्यू) भिसा नहटाउन सुझाव दिइएको छ ।
सरकारलाई स्वतन्त्र परामर्श दिँदै आएको द माइग्रेसन एडभाइजरी कमिटीले मंगलबार सरकारलाई सो सुझाव दिएको छ ।
कञ्जरभेटिभ पार्टीको वर्तमान सरकारले विद्यार्थीहरुलाई दिइँदै आएको सो सुविधाको दुरुपयोग भन्दै सो नीतिका बारेमा पुनरावलोकन गर्न कमिटीलाई मार्चमा निर्देशन दिएको थियो ।
कमिटीले आज बुझाएको सो प्रतिवेदनमा सो भिसाको दुरुपयोग भएको नपाइएको बताएको छ । भविष्यमा पनि सो भिसाको दुरुपयोग हुने जोखिम कम रहेको पनि कमिटीको निस्कर्ष छ ।
पूर्व अध्यागमन मन्त्री रोबर्ट जेन्रिकले सो भिसाको दुरुपयोग भएको प्रतिवेदन सार्वजनिक गरेको केही दिनमै कमिटीले आज प्रतिवेदन बुझाएको हो । कमिटीको अध्यक्ष प्राध्यापक ब्रयान बेलले सो प्रावधानलाई यथावत राख्न सरकारलाई सुझाव दिइएको बताएका छन् ।
उनले विदेशी विद्यार्थीहरुबाट असुल गरिने शुल्कबाट बेलायतका स्थानीय विद्यार्थीको शुल्क तथा अनुसन्धानमा भएको खर्च असुल गर्ने गरिएको पनि बताएका छन् । यदि सो प्रावधान हटाएमा अनुसन्धानमा असर पर्ने पनि उनको धारणा छ ।
बेलायत सरकारले सन् २०२१मा ल्याएको सो भिसा अन्तर्गत बेलायतमा स्नातक अध्ययन पूरा गरेपछि दुई वर्ष काम गर्न अनुमति पाइन्छ । पीचएडी गरेको खण्डमा भने तीन वर्षसम्म काम गर्न पाइन्छ ।
गत वर्ष सो भिसा १ लाख १४ हजार जनाले पाएका थिए भने २३ हजारले डिपेण्डेण्ट भिसा पाएका थिए ।
बेलायतले विदेशी विद्यार्थीहरुमाथि कडाइ गर्न थालेपछि बेलायती विश्वविद्यालयमा भर्ना हुन चाहने विदेश विद्यार्थीहरुको संख्या घट्न थालेको बेलायतमा यस्तो प्रतिवेदन आएको छ । प्रतिवेदनलाई विश्वविद्यालयहरुले स्वागत गरेपनि कडा अध्यागमन नीति लिएको सरकारले चुनावको मुखमा कार्यान्वयन गर्छ कि गर्र्दैन भने हेर्न बाँकी छ ।
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण