
लण्डन । माया इभेन्ट्सले लन्डनमा माया टी १० क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।
आउंदो १४ जुलाईका दिन वाइकम्ब हाउस टेनिस एण्ड क्रिकेट क्लव आइजलवर्थमा क्रिकेट प्रतियोगितासहित सांगीतिक कन्सर्ट गर्न लागिएको हो ।
मिडलसेक्सको टप थ्रीभित्र पर्ने उक्त पिचमा ४ टिमबीच १० ओभरको प्रतियोगिता आयोजना गरिने छ ।
त्यस दिन क्रिकेटसंगै कन्सर्ट, खाना, राष्ट्रिय पोशाकका स्टल एवं बालबालिकाका लागि बाउन्सी क्यासल खेल र आर्ट पेन्टिङ राखेर नेपाली मेलाकै रुप दिइने योजना रहेको आयोजकहरूले बताएका छन् ।
नेपाल, अष्ट्रेलिया र न्यूजिल्याण्डबाट समेत आउने टी ट्वान्टी खेलिसकेका नेपाली क्रिकेटरहरुसहित बेलायतमा रहेका नेपाली खेलाडी मिलाएर बनाइने टिमबीच प्रतिष्पर्धा हुने आयोजकको विश्वास छ ।
सो प्रतियोगितामा अष्ट्रेलियाबाट सुवास खकुरेलसहित ५ जना, न्यूजिल्याण्डबाट दिनेश खरेल एवं नेपालबाट करण केसी, दीपेन्दसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, रोहित पौडेल, कुशल मल्ल, कुशल भुर्तेलसहित १३ जना व्यवसायिक खेलाडी बेलायत आउनेछन् ।
प्रतियोगिताका विजेतालाई ५ हजार पाउण्ड र उपविजेतालाई २ हजार पाउण्ड नगद पुरस्कार दिइनेछ ।
सांगीतिक कन्सर्टका लागि निमा रुम्बा, धिरज राई आदि राष्ट्रिय कलाकारसँग कुरा भइरहेको छ । तीनवटा नेपाली कम्पनी पनि ब्राण्ड प्रमोशन गर्न आउने आयोजकले बताएका छन् ।
उक्त खेलका लागि अनुमानित बजेट झण्डै ७० हजार पाउण्ड छ । खेल हेर्न प्रवेश शुल्क ५ पाउण्ड राखिएको छ ।
प्रतियोगितालाई युट्यूव र नेपालको प्राइम टिभी एचडीबाट लाइभ गरिनेछ ।
”मैले माया क्रिकेट क्लवसमेत सञ्चालन गरिरहेको र आफू पनि पूर्व क्रिकेट खेलाडी भएकाले नेपालको क्रिकेट विकास र खेलाडीको अवसरका लागि प्रतियोगिता गर्ने उद्देश्य लिएको हुँ,” माया इभेन्टसका राज पाण्डेले भने ।
प्रतियोगितामा महिलालाई अर्को सिजनमा सहभागी गराउन प्रयास गरिने पनि उनले बताए ।
बेलायतमा अन्य धेरै गतिविधि हुने भएपनि क्रिक्रेट उत्सव नभएको अवस्थामा यस्ता गतिविधिबाट बेलायतमा रहेका नेपाली युवा खेलाडीलाई अवसर मिल्ने विश्वास आयोजकको छ ।
प्रायोजकहरुबाट खर्च जुटाउने र खर्च कटाएर दि गोर्खा सेन्टर एवं द अर्फानेज होम्स् गरी दुई च्यारिटी संस्थालाई सहयोग गर्ने बताइएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा