
लण्डन । माया इभेन्ट्सले लन्डनमा माया टी १० क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।
आउंदो १४ जुलाईका दिन वाइकम्ब हाउस टेनिस एण्ड क्रिकेट क्लव आइजलवर्थमा क्रिकेट प्रतियोगितासहित सांगीतिक कन्सर्ट गर्न लागिएको हो ।
मिडलसेक्सको टप थ्रीभित्र पर्ने उक्त पिचमा ४ टिमबीच १० ओभरको प्रतियोगिता आयोजना गरिने छ ।
त्यस दिन क्रिकेटसंगै कन्सर्ट, खाना, राष्ट्रिय पोशाकका स्टल एवं बालबालिकाका लागि बाउन्सी क्यासल खेल र आर्ट पेन्टिङ राखेर नेपाली मेलाकै रुप दिइने योजना रहेको आयोजकहरूले बताएका छन् ।
नेपाल, अष्ट्रेलिया र न्यूजिल्याण्डबाट समेत आउने टी ट्वान्टी खेलिसकेका नेपाली क्रिकेटरहरुसहित बेलायतमा रहेका नेपाली खेलाडी मिलाएर बनाइने टिमबीच प्रतिष्पर्धा हुने आयोजकको विश्वास छ ।
सो प्रतियोगितामा अष्ट्रेलियाबाट सुवास खकुरेलसहित ५ जना, न्यूजिल्याण्डबाट दिनेश खरेल एवं नेपालबाट करण केसी, दीपेन्दसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, रोहित पौडेल, कुशल मल्ल, कुशल भुर्तेलसहित १३ जना व्यवसायिक खेलाडी बेलायत आउनेछन् ।
प्रतियोगिताका विजेतालाई ५ हजार पाउण्ड र उपविजेतालाई २ हजार पाउण्ड नगद पुरस्कार दिइनेछ ।
सांगीतिक कन्सर्टका लागि निमा रुम्बा, धिरज राई आदि राष्ट्रिय कलाकारसँग कुरा भइरहेको छ । तीनवटा नेपाली कम्पनी पनि ब्राण्ड प्रमोशन गर्न आउने आयोजकले बताएका छन् ।
उक्त खेलका लागि अनुमानित बजेट झण्डै ७० हजार पाउण्ड छ । खेल हेर्न प्रवेश शुल्क ५ पाउण्ड राखिएको छ ।
प्रतियोगितालाई युट्यूव र नेपालको प्राइम टिभी एचडीबाट लाइभ गरिनेछ ।
”मैले माया क्रिकेट क्लवसमेत सञ्चालन गरिरहेको र आफू पनि पूर्व क्रिकेट खेलाडी भएकाले नेपालको क्रिकेट विकास र खेलाडीको अवसरका लागि प्रतियोगिता गर्ने उद्देश्य लिएको हुँ,” माया इभेन्टसका राज पाण्डेले भने ।
प्रतियोगितामा महिलालाई अर्को सिजनमा सहभागी गराउन प्रयास गरिने पनि उनले बताए ।
बेलायतमा अन्य धेरै गतिविधि हुने भएपनि क्रिक्रेट उत्सव नभएको अवस्थामा यस्ता गतिविधिबाट बेलायतमा रहेका नेपाली युवा खेलाडीलाई अवसर मिल्ने विश्वास आयोजकको छ ।
प्रायोजकहरुबाट खर्च जुटाउने र खर्च कटाएर दि गोर्खा सेन्टर एवं द अर्फानेज होम्स् गरी दुई च्यारिटी संस्थालाई सहयोग गर्ने बताइएको छ ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण