
लण्डन । मगर संघ युकले हरेक वर्ष गर्दै आएको नेपलिज ओपन कन्सर्ट यस वर्ष जुन १५ मा मेडिस्टोन केन्टमा हुने भएको छ । यस वर्षको कन्सर्टको प्रमुख आकर्षणमा मंगोलियन हार्टका गायक राजु लामा रहने छन् ।
कन्सर्टका बारेमा जानकारी दिन आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा सो कन्सर्टको अनलाइन टिकट बिक्री खुला भएको जानकारी दिइयो ।
अध्यक्ष सीता पुनका अनुसार मगरयुके डट ओआरजीबाट सो टिकट खरिद गर्न सकिनेछ । पहिला खरिद गर्ने १ हजार जनालाई १० प्रतिशत छुटमा सो टिकट मिल्नेछ । टिकटको मूल्य ३० पाउण्ड रहेकोमा अनलाइन खरिद गर्दा २७ पाउण्ड मात्र पर्नेछ । सो टिकट मे १५ तारिखसम्म खरिद गर्न सकिनेछ । कन्सर्टकै दिन टिकट किनेमा ४० पाउण्ड पर्नेछ ।
सन् २००७ देखि मगर संघ युकेले फार्नब्रो, अल्डरसटमा आयोजना गर्दै आएको सो ओपन कन्सर्ट यसवर्ष केन्टस्थित केन्ट इभेन्ट सेन्टरमा लगिएको छ । कन्सर्टको मिति सारिँदा पहिले गर्दै आएको स्थान उपलब्ध नभएकाले केन्टमा सो कन्सर्ट लानु परेको बताइएको छ ।
कन्सर्टमा राजु लामालाई बेलायतको स्थानीय सिक्का ब्याण्डले साथ दिनेछन् भने अरु कलाकारहरु तय हुन बाँकी रहेको जानकारी दिइएको छ ।
कन्सर्टमा संगीतबा अलाबा बालबालिकाका लागि खेल र व्यापारिक स्टलहरु समेत रहने छन् ।
कन्सर्टमा करिब ४ हजार मानिस उपस्थित हुने आयोजकहरुको अपेक्षा रहेको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा