
लण्डन । नेपाली कला र साहित्यलाई केन्द्रविन्दु बनाएको तीन दिने प्यालेट र प्रोज’ कार्यक्रम लण्डनस्थित युनिभर्सल पिस फेडेरेसनको मुख्यालयमा १६ देखि १८ अप्रिल २०२४ सन्चालन भएको छ ।
कार्यक्रमको पहिलो दिन कलाकार पी. सिंह र रोस्लिन सिंहको मनमोहक कलाकृतिहरू प्रदर्शन गरिएको थियो भने साहित्यकार डा. संगीता स्वेच्छाको कथासङ्ग्रह ‘रोजेज ओडिसी’ सार्वजनिक गरिएको थियो ।
ग्रिनविचको रोयल बरोबाट डेपुटी मेयर काउन्सिलर जित रानाभाटलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा भएको उक्त उद्घाटन समारोहले लण्डनको जीवन्त क्यानभासमा नेपाली रचनात्मकतालाई प्रवर्द्धन गरेको थियो । उपमेयर रानाभाटले कार्यक्रमको प्रशंसा गर्दै भने, “नेपालको मनोरम परिदृश्य र नेपाली साहित्यलाई समेट्ने र प्रबर्धन गर्ने प्रतिबद्धताको साथका सन्चालन भएको यस कार्यक्रममा राखिएका मनमोहक कलाले र कृतिमा भएका कथाहरुले नेपालको सम्झनाहरूलाई ताजा गराएको छ ।”
युनिभर्सल पिस फेडेरेसन युकेका निर्देशक मार्गारेट अलि तथा महासचिव रबिन मार्शले सांस्कृतिक आदानप्रदानको महत्त्वलाई जोड दिँदै नेपाली कला र साहित्यलाई प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा कलाकार पी. सिंह र रोस्लिन सिंहका मनमोहक कलाकृतिहरुले नेपालको विविध परिदृश्य र वास्तुकलाका जीवन्तता दिएको थियो । अन्तर्राष्ट्रिय दर्शकहरूलाई आफ्ना कलाहरू प्रदर्शन गर्न पाउँदा निकै आनन्दित महसुस गरिरहको बताउने यि दुई कलाकारका चित्रहरू, फोटोरियलिस्टिक चित्रणदेखि लिएर मनमोहक वन्यजन्तु चित्रहरू थिए ।
उक्त कार्यक्रममा युनिभर्सल पिस फेडेरेसन युकेका महासचिव रोबिन मार्स, लेखक डा. रुपक श्रेष्ठ, प्यालेस्टिनी कवि शाहद महानवी, बेलायेति लेखक डा. सायन ह्यारिस, अन्तर्राष्ट्रिय टिभी प्रसारक इयान पेल्हम टर्नर र संगीता स्वेच्छाले संयुक्त रुपमा कथासङ्ग्रह “रोजेज ओडिसी” सार्वजनिक गरेका थिए ।
संगीता स्वेच्छाका कथाहरु तथा लेखनशैलीको प्रसंशा गर्दै “रोजेज ओडिसी”ले विदेशी पाठकहरुमाझ नेपाली साहित्यलाई अगाडि लाने कुरामा दुईमत नभएको साहित्यिक अभियन्ता तथा लेखक डा. रुपक श्रेष्ठले बताए ।
कार्यक्रममा बोल्दै वक्ताहरूले रोजेज ओडिसीको विविध पक्षहरु लगायत यसको कथा कथन शैलीको लागि प्रशंसा गरे, जसमा नेपाल र नेपाली डायस्पोरा दुवैमा जरा गाडिएको कथाहरू छन् । जयन्त शर्माले अंग्रेजीमा अनुवाद गरेको यस कृति २०१९ मा “गुलाफसंगको प्रेम” शिर्षकमा नेपालीमा प्रकाशित भएको थियो ।
संगीता स्वेच्छाले कृतज्ञता व्यक्त गर्दै भनिन्, “कार्यक्रममा सम्मानित विविध वक्ताहरूले मेरो पुस्तकमा आफ्नो रोचक र उत्साहजनक दृष्टिकोण प्रस्तुत गर्नु मेरो लागि निकै हौसलाको कुरा हो ।”
नेपाली कला र साहित्यको उत्सवका रूपमा परिकल्पना गरिएको ‘प्यालेट एण्ड प्रोज’ कार्यक्रमलाई नेपाल अध्ययन केन्द्रका कार्यकारी निर्देशक लोकेन्द्र ढकालले उत्कृष्ट सफलताको रुपमा लिंदै कार्यक्रम स्वागत योग्य रहेको बताए ।
ढकालले नेपालको जीवन्त सांस्कृतिक सम्पदालाई विश्वभरका दर्शकसामु देखाउने यस कला र साहित्यको फ्युजनको लागि कार्यक्रमको प्रशंसा गरे ।
कला प्रदर्शनी र पुस्तक हस्ताक्षर कार्यक्रम १६ अप्रिल देखि १८ अप्रिलसम्म रहेको छ ।
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण