
लन्डन । इंगल्याण्डको मेडस्टोन टाउनबाट काउन्सिलर पदमा निर्वाचित दिनेश खड्का तेस्रो कार्यकालको लागि चुनाव लड्न लागेका छन्।
काउन्सिलर खड्का तेस्रो पटक बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार भएका हुन् । खड्काले पछिल्लो पटक २०२३ मा ४ वर्षको कार्यकालका लागि निर्वाचित भएका थिए तर मेडस्टोन बरो काउन्सिलको सीमा परिवर्तनले गर्दा सबै ५५ काउन्सिलरहरुलाई आउँदो मे २ मा हुन गइ रहेको स्थानीय चुनावमा पुनः उम्मेदवार हुन बाध्य तुल्यायो। सीमा परिवर्तनका कारण अब केवल ४९ सिटका लागि बरो काउन्सिलरहरूको चुनाव हुन गै रहेको छ ।
पेशाले खाद्य वैज्ञानिक तथा खाद्य विज्ञानमा पीएचडी पुरा गर्ने अन्तिम चरणमा रहेका खड्का आगामी वैशाखमा हुने निर्वाचनमा सफल हुनेमा आशावादी छन् । सहरमा स्वच्छ पर्यावरण, सबैका लागि हरियाली खुला ठाउँको वातावरण, स्थानीय वासिन्दाका लागि गुणस्तरीय आवास र यातायात सेवामा सहज सार्वजनिक पहुँच उनका प्राथमिकताहरू हुन्।
विगत ६ वर्षदेखि लिबरल डेमोक्र्याटिक पार्टीबाट निर्वाचित काउन्सिलरको रुपमा कार्यरत खड्काले आफ्नो कार्यकालमा स्थानीय सडक मर्मतसम्भार, सार्वजनिक मार्ग पुन: निर्माण, फोहोरमैला व्यवस्थापन, पैदल यात्रु क्रसिङ, पार्क मर्मत, बत्ती जडान जस्ता कामहरु पुरा गरेको बताए। “सबैभन्दा महत्त्वपूर्ण कुरा स्थानीय कोलिस मिलेनियम ग्रीन ट्रस्टसंग समन्वय गरी लगभग ४०० बिरुवा रोप्नका लागि जमीन छुट्याउन सकेकोमा मलाई धेरै खुसी लागेको छ,” खड्काले भने।
केन्ट प्रहरीमा गएको १५ वर्षदेखि स्वयंसेवी सल्लाहकार साथै स्थानीय ट्रस्टको बोर्ड ट्रस्टीको रूपमा काम गरिसकेका खड्काले सन् २०१७ देखि स्थानीय बेलायती समाजसंग होली पर्व मनाउन पहल गरेकाले पनि स्थानीयवासीमाझ परिचित छन् ।
सन् २०२३ को निर्वाचनमा खड्काले कुल खसेको मतको ३७ प्रतिशत मत प्राप्त गरेका थिए।
दाङ, सतबरिया घर भएका खड्का राप्ती समाज युकेका अध्यक्ष पनि हुन् । “मैले यो चुनावमा पार्क लगाएतका पार्क र खुला स्थलहरुको सुरक्षा गर्ने, स्थानीय समुदायको तर्फबाट आवाज उठाउने तथा वायु प्रदूषण घटाउने जस्ता मुख्य मुद्दाहरु उठाई रहेको छु,” उनले भने। उनले अहिलेसम्म स्थानीय जनताकोतर्फबाट राम्रो प्रतिक्रिया पाईरहेको बताउंदै सबैलाई सहयोगका लागि अपिल पनि गरेका छन् ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु