
काठमाडौँ । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) विगत २०८ वर्षदेखि थाँती रहेको गोरखा सैनिकहरूमाथिको चरम असमानता, भेदभाव र अमानवीय व्यवहार सदाका लागि अन्त्य गर्ने अन्तिम मौका नगुमाउन नेपाल सरकारलाई अनुरोध गरेको छ ।
नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग गोरखा भूतपूर्व सैनिकका समस्या तत्काल समाधानका निमित्त आज गेसो सभापति कृष्णकुमार राईको नेतृत्वमा गएको टोलीले सो अनुरोध गरेको हो ।
सो टोलीमा पूर्वमन्त्री तथा सांसद सुदन किराती, गेसो उपसभापति जीतबहादुर राई, उपमहासचिवद्वय बुद्धिराज राई, मान बहादुर गुरुङ तथा नेकपा माओवादी (केन्द्र) का युवानेता वसन्त राई संलग्न हुनुहुन्थ्यो ।
प्रतिनिधिमण्डलले गोरखा सैनिकहरुको समस्या समाधानार्थ विभिन्न चरणमा भएका प्राविधिक समिति र दुवै सरकारवीच भएका बैठक र वार्ताहरुले कुनै ठोस निष्कर्ष लिन नसकिरहेको बारे जानकारी गराएको थियो । साथै यही मार्च २७ दिन लण्डनमा हुने मन्त्रीस्तरीय वार्तालार्ई सफल बनाउन वार्ता अगावै नेपाल सरकारको प्रतिनिधि र गोरखाजन्य संस्थाहरुबीच बृहत छलफल र बहस गरी अजेण्डा तयार पार्न परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराइएको सभापति कृष्णकुमार राईले बताए ।
सो भेटमा पराष्ट्र मन्त्री श्रेष्ठले गोरखाहरुको समस्या भनेको गोरखाहरुको मात्र नभई यो राष्ट्रकै समस्या भएको हुनाले समधानको लागि आफू पदमा रहँदा र नरहँदा गम्भीर रहने गरेको र अहिले सम्बन्धित मन्त्रालयको मन्त्रीको हैसियतले समस्या सदाको लागि हल गर्न गम्भीर भएर लागिरहेको बताए । नेपाल सरकारले पनि यस बारे सम्बन्धित सरकारसँग कुरा गरिरहेको र आफ्नो तर्पmबाट गोरखाहरुको समस्या समधान गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।
यहीक्रममा गेसोले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई पनि भेटी संस्थाको तर्फ़बाट सफल कार्यकालको शुभकामना तथा बधाई दिँदै गोरखा सैनिकहरुको समस्या समाधानार्थ भैरहेको वार्ता बारे पनि जानकारी गराएको छ ।

सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा