
काठमाडौँ । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) विगत २०८ वर्षदेखि थाँती रहेको गोरखा सैनिकहरूमाथिको चरम असमानता, भेदभाव र अमानवीय व्यवहार सदाका लागि अन्त्य गर्ने अन्तिम मौका नगुमाउन नेपाल सरकारलाई अनुरोध गरेको छ ।
नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग गोरखा भूतपूर्व सैनिकका समस्या तत्काल समाधानका निमित्त आज गेसो सभापति कृष्णकुमार राईको नेतृत्वमा गएको टोलीले सो अनुरोध गरेको हो ।
सो टोलीमा पूर्वमन्त्री तथा सांसद सुदन किराती, गेसो उपसभापति जीतबहादुर राई, उपमहासचिवद्वय बुद्धिराज राई, मान बहादुर गुरुङ तथा नेकपा माओवादी (केन्द्र) का युवानेता वसन्त राई संलग्न हुनुहुन्थ्यो ।
प्रतिनिधिमण्डलले गोरखा सैनिकहरुको समस्या समाधानार्थ विभिन्न चरणमा भएका प्राविधिक समिति र दुवै सरकारवीच भएका बैठक र वार्ताहरुले कुनै ठोस निष्कर्ष लिन नसकिरहेको बारे जानकारी गराएको थियो । साथै यही मार्च २७ दिन लण्डनमा हुने मन्त्रीस्तरीय वार्तालार्ई सफल बनाउन वार्ता अगावै नेपाल सरकारको प्रतिनिधि र गोरखाजन्य संस्थाहरुबीच बृहत छलफल र बहस गरी अजेण्डा तयार पार्न परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराइएको सभापति कृष्णकुमार राईले बताए ।
सो भेटमा पराष्ट्र मन्त्री श्रेष्ठले गोरखाहरुको समस्या भनेको गोरखाहरुको मात्र नभई यो राष्ट्रकै समस्या भएको हुनाले समधानको लागि आफू पदमा रहँदा र नरहँदा गम्भीर रहने गरेको र अहिले सम्बन्धित मन्त्रालयको मन्त्रीको हैसियतले समस्या सदाको लागि हल गर्न गम्भीर भएर लागिरहेको बताए । नेपाल सरकारले पनि यस बारे सम्बन्धित सरकारसँग कुरा गरिरहेको र आफ्नो तर्पmबाट गोरखाहरुको समस्या समधान गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।
यहीक्रममा गेसोले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई पनि भेटी संस्थाको तर्फ़बाट सफल कार्यकालको शुभकामना तथा बधाई दिँदै गोरखा सैनिकहरुको समस्या समाधानार्थ भैरहेको वार्ता बारे पनि जानकारी गराएको छ ।

बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ