
लण्डन । इङ्नाम चेलि–माइती समाज युके गठन गरिएको छ ।
गत २४ फेब्रुअरी २०२४ शनिवारको दिन नमस्ते गोर्खा रेष्टुरा फेल्थाममा भएको भेलाले इङ्नाम चेली–माइती समाज युकेको ९ सदस्यीय कार्य समिति गठन गरेको हो ।
इङ्नाम इवाहाङ् बन्धु तथा चेलिबेटी समाज यूकेबाट इवाहाङ् बन्धु र चेलीहरु छुट्टिने निर्णयबमोजिम इङ्नाम इवाहाङ् बन्धु तथा चेलिबेटी समाज युके गत सेप्टेम्बर महिनामा भङ्ग तथा विघटन भएको थियो । इङ्नाम वन्धु तथा चेलीहरुले सामूहिक रुपमा समाज बनाउने निर्णय लिएअनुसार खेमराज इङ्नामको अध्यक्षतामा तदर्थ समिति गठन भएको थियो ।
सन २००८ मा सुरेन्द्र इङ्नाम, चन्द्र इङ्नाम, शेर बहादुर इङ्नाम र श्याम इङ्नाम चन्द्र इङ्नामको निवासमा बैठक बसेर बेलायतमा इङ्नाम इवाहाङ् बन्धु तथा चेलिबेटीहरुको संख्या बढ्दै गएकोले वर्षमा एक दिन चिनजान तथा भेटघाट गर्ने उद्देश्यले संस्था गठन गर्ने योजनाअनुरुप सन् २०१० मा औपचारिक रुपले संस्थाको स्थापना भएको थियो ।
करिब १३ वर्षसम्म इङ्नाम र इवाहाङ् एउटै संस्थामा बसेर काम गर्दा धेरै अनुभवहरु बटुलिएको, कतिपय काम गर्न सजिलो भएको भने कति निकै कठिन भएको, अन्तत आ–आफ्नै संस्था खोलेर सानो र सजिलो तवरले अगाडी बढ्न यो कदम चालिएको जानकारी बिना इङ्नामले दिए ।
“बेलायतमा इङ्नाम र इवाहाङ्हरुको संस्था नितान्तै स्वतन्त्र छ । हामी कुनै पार्टी तथा संस्थाहरुसँग आवद्ध तथा शाखा होइनाँै । हामी चेली माइती र भाना भान्जाहरु वर्षमा एकपटक भेला भएर दुःख सुख साटासाट गर्न र जन्म मृत्युमा एकजुट भएर साथ सहयोग गर्न संस्थाको जरुर पर्ने भएकोले संस्थाको जन्म आवस्यक भएको हो”, चन्द्र, शेर बहादुर र रजुमन इङ्नामले सो भेलामा एक श्वरलले प्रस्ट पारे ।
इङ्नाम चेली–माइती समाज युकेको उक्त भेलाले संस्थाको लोगो÷ब्यानर, विधान लेखन, वार्षिक शुल्क, वार्षिक भेला, जन्म मृत्यू बारे बृहत छलफल गरी पारित गरिएको जानकारी अध्यक्षले जानकारी दिए ।
बिहान ११ बजेबाट सुरु भएर ४ बजे सकिएको कार्यक्रमलाई सुरेन्द्र इङ्नामले सञ्चालन गरेका थिए ।
इङ्नाम चेली–माइती समाज युकेको कार्य समिति
अध्यक्षः श्री खेमराज इङ्नाम
उपाध्यक्षः श्री सोमी इङ्नाम
सचिवः श्री मुना इङ्नाम
सह–सचिवः श्री बरुण इङ्नाम
कोषाध्यक्षः श्री सुरेन्द्र इङ्नाम
सह– कोषाध्यक्षः श्री निना इङ्नाम
सदस्यहरु
श्री दिल कुमारी इङ्नाम
श्री कुमारी इङ्नाम
श्री चन्द्र कुमारी इङ्नाम
सल्लाहकारहरु
श्री शेरबहादुर इङ्नाम
श्री बिना इङ्नाम
श्री चन्द्र इङ्नाम
श्री रत्न इङ्नाम
श्री पदममाया इङ्नाम
विधान लेखन मण्डल
संयोजक श्री सुरेन्द्र इङ्नाम
सदस्यहरु
श्री चन्द्र बहादुर इङ्नाम
श्री शेर बहादुर इङ्नाम
श्री प्रशुन इङ्नाम
श्री बिना इङ्नाम
श्री निर्मल इङ्नाम
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा