
लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा नेपाल तथा बेलायत सरकारबीच भइरहेको वार्ताको यही फेब्रुअरी २१ मा हुने वार्तामा गोरखा भूतपूर्व सैनिकका तर्फबाट तीन जनाले भाग लिने भएका छन् ।
आज लण्डनस्थित नेपाली राजदुताबासमा राजदुतसहित बसेको गोरखा भूतपूर्व सैनिकजन्य संस्थाहरुको (जी १०) बैठकले वार्तामा भाग लिने प्रतिनिधिहरुको नाम छानेको हो ।
जसमा गोरखाहरुका बारमा वार्ताको शुरुवातदेखि नै सहभागी हुँदै आएका मेजर रिटायर्ड जुदबहादुर गुरुङका साथै मेजर रिटायर्ड उदयबहादुर गुरुङ र सत्याग्रही पुष्पा राणा घलेले यसपटक भाग लिने गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का उपसभापति धर्मबहादुर तामाङले जानकारी दिए ।
यसअघि वार्तामा मेजर गुरुङ, धर्मबहादुर तामाङ र गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले भाग लिने गरेका थिए ।
बैठकमा राईले यसपटकको वार्तामा आफू सहभागी नहुने आफ्नो सट्टामा मेजर उदयबहादुर गुरुङलाई पठाउन सिफारिस गरेका थिए भने अर्का वार्ताकार तामाङले यसपटकको वार्तामा पुष्पा राणा घलेलाई पठाउन सिफारिस गरेका थिए ।
अघिल्लोपटक नोभेम्बरमा भएको वार्ता पेन्सनको अजेण्डामा पुग्दा वार्ताका लागि तय भएको समय सकिएको थियो । वार्ताकार तामाङले यसपटकको वार्तामा अध्यागमनका अधिकारीहरु आउने निश्चित भइसकेको र उनीहरुले यसअघिको वार्तामा गोरखाहरुले अध्यागनका बारेमा उठाएका सवालहरुको जवाफ दिने पनि तामाङले जानकारी दिए । अघिल्लो वार्तामा गोरखाहरुले पूर्व गोरखाहरुका सन्तानलाई बेलायतमा बिनाशर्त आउन दिइनुपर्ने जिकिर गरेका थिए ।
फेब्रुअरी २१ को वार्तामा पेन्सनका बारेमा छलफल हुने नहुने निश्चित भइसकेको छैन ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता