
न्यूयोर्क । नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको ५ औँ अधिवेशनले नृत्यांगना तथा मोडल बसन्ती राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
फेब्रुवरी १०,२०२४ को दिन शनिवार न्यूयोर्कको क्विन्सस्थित बाजेको सेकुवा रेष्टुरेण्टको हलमा सम्पन्न अधिवेशनले चर्चित नृत्यांगना, गायिका तथा मोडल राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनको उद्घाटन चर्चित आधुनिक गायक तथा अधिवेशनको प्रमुख अतिथि जगदीश समाल र कार्यक्रमका सभापति चर्चित गायिका निशा सुनारले संयुक्तरुपमा दीप प्रज्वलन गरेका थिए ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा लोक तथा दोहोरी गायक बिमल डॅागी, उपाध्यक्षमा चर्चित नृत्य निर्देशकर नृत्यकार तथा मोडल शंकर बिसी, अभिनेता, निर्देशक तथा संचारकर्मी बिक्की पुलामी, गायक राजेन्द्र राई, गीतकार तथा लोकदोहोरी गायक मधुर गिरी र मोडल ईत्ना कार्कीसहित ५ जनालाई सर्वसम्मत चयन गरेको छ ।

साथै यसपटक पनि लोक तथा दोहोरी गायिका संगीता थापा मगरले महासचिव पदको जिम्मेवारी सम्हालेकी छन् भने सहसचिवमा गायक प्रेम सेन्चुरी, कोषाध्यक्षमा कलाकार नविन श्रेष्ठ, सहकोषाध्यक्षमा कलाकार पुष्पा बस्नेत, युवा संयोजकमा गायक दिलिप श्रीसमगर, मिडिया संयोजकमा कवि तथा गीतकार पुष्कर बराल सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी बोर्ड सदस्यहरुमा गायक वीर घर्ती मगर, कलाकार माया मेलिसा राई, कलाकार चिनिलाल श्रेष्ठ, पार्कर खेलाडी तथा कलाकार दिनेश सुनार र गायक तथा संगीतकार कुमार थापा मगरलाई सर्वसम्मत चयन गरिएको छ।
कार्यक्रमको समापन निर्वाचन प्रमुख आयुक्त गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे, युनाईटेड किरात राई एसोसियसन अफ अमेरिकाका उपाध्यक्ष केशवराम राई, साहित्यकार गीता खत्री र निवर्तमान अध्यक्ष गायिका निशा सुनारले महाअधिवेशनको म्याण्डेट नयाँ कार्य समितिलाई बुझबुझारथ गरिगरिएको थियो । अधिवेसनका पर्यवेक्षकहरु बिष्णु राना मगर, शोभाकान्त पाण्डे र शंकर बिसुन्केसहित चर्चित कलाकार, गायक, संगीतकार कवि तथा साहित्यकार र अन्य संस्थाका अतिथिहरूको सहभागिता रहेको थियो ।

बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र