
न्यूयोर्क । नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको ५ औँ अधिवेशनले नृत्यांगना तथा मोडल बसन्ती राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
फेब्रुवरी १०,२०२४ को दिन शनिवार न्यूयोर्कको क्विन्सस्थित बाजेको सेकुवा रेष्टुरेण्टको हलमा सम्पन्न अधिवेशनले चर्चित नृत्यांगना, गायिका तथा मोडल राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनको उद्घाटन चर्चित आधुनिक गायक तथा अधिवेशनको प्रमुख अतिथि जगदीश समाल र कार्यक्रमका सभापति चर्चित गायिका निशा सुनारले संयुक्तरुपमा दीप प्रज्वलन गरेका थिए ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा लोक तथा दोहोरी गायक बिमल डॅागी, उपाध्यक्षमा चर्चित नृत्य निर्देशकर नृत्यकार तथा मोडल शंकर बिसी, अभिनेता, निर्देशक तथा संचारकर्मी बिक्की पुलामी, गायक राजेन्द्र राई, गीतकार तथा लोकदोहोरी गायक मधुर गिरी र मोडल ईत्ना कार्कीसहित ५ जनालाई सर्वसम्मत चयन गरेको छ ।

साथै यसपटक पनि लोक तथा दोहोरी गायिका संगीता थापा मगरले महासचिव पदको जिम्मेवारी सम्हालेकी छन् भने सहसचिवमा गायक प्रेम सेन्चुरी, कोषाध्यक्षमा कलाकार नविन श्रेष्ठ, सहकोषाध्यक्षमा कलाकार पुष्पा बस्नेत, युवा संयोजकमा गायक दिलिप श्रीसमगर, मिडिया संयोजकमा कवि तथा गीतकार पुष्कर बराल सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी बोर्ड सदस्यहरुमा गायक वीर घर्ती मगर, कलाकार माया मेलिसा राई, कलाकार चिनिलाल श्रेष्ठ, पार्कर खेलाडी तथा कलाकार दिनेश सुनार र गायक तथा संगीतकार कुमार थापा मगरलाई सर्वसम्मत चयन गरिएको छ।
कार्यक्रमको समापन निर्वाचन प्रमुख आयुक्त गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे, युनाईटेड किरात राई एसोसियसन अफ अमेरिकाका उपाध्यक्ष केशवराम राई, साहित्यकार गीता खत्री र निवर्तमान अध्यक्ष गायिका निशा सुनारले महाअधिवेशनको म्याण्डेट नयाँ कार्य समितिलाई बुझबुझारथ गरिगरिएको थियो । अधिवेसनका पर्यवेक्षकहरु बिष्णु राना मगर, शोभाकान्त पाण्डे र शंकर बिसुन्केसहित चर्चित कलाकार, गायक, संगीतकार कवि तथा साहित्यकार र अन्य संस्थाका अतिथिहरूको सहभागिता रहेको थियो ।

पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार