
लन्डन । धेरैलाई ज्ञात छ सुन्दरता नाप्ने कुनै यन्त्र या मापदण्ड हुंदैन तर पनि को कति सुन्दर वा सुन्दरी छ नाप्न विश्वमा सुन्दरी प्रतियोगिता अनगिन्ति हुने गर्छन् । कैयौं सुन्दरीहरु यस्ता प्रतियोगितामा सहभागी भएर आफ्नो व्यक्तिगत मात्र नभई देशकै प्रतिनिधित्व गरिरहेका हुन्छन् । यसै साता मध्य लण्डनस्थित क्लेटन क्राउन होटेलमा यस्तै कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय एफ्रो मोडल अवार्ड नाम दिइएको उक्त सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मोडल प्रसुना कंडेल सहभागी भइन् । पेशाले नर्स प्रसुना बेलायत बस्दै आएका विभिन्न देशका दुई सय मोडलहरुका साथ सहभागी भएकी हुन् । हरेक वर्ष आयोजना गरिने यस कार्यक्रममा प्रसुना प्रतियोगिताको विभिन्न चरणमध्ये फेशन शोका लागि सहभागी थिइन् ।
लेहेङ्गा र गांउन गरी दुई सिक्वेन्समा उनले क्याटवक गरिन् । पहिलो सिक्वेन्समा निकै आकर्षक लेहेङ्गामा र्याम्पमा प्रस्तुत भइरहंदा तालीको गडगडाहट सहित उपस्थित दर्शक सबैको नजर प्रसुनामा केन्द्रित थियो । प्रसुना पनि आफ्नो देशको प्रतिनिधित्व गर्दै देशलाई चिनाउन पाउंदा निकै प्रसन्न देखिन्थिन् ।
प्रायः बिरामीको रेखदेखमा तल्लीन हुने नर्सिङ्ग पेसामा आवद्ध यी सुन्दरी मोडलिङ्ग लगायत अन्य सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । वैशाख १२ मा गएको विनाशकारी भूकम्प लगतै नेपालको दुर्गम गाउंहरुमा पुगी राहत वितरण तथा स्वास्थ्य सेवा दिएर दुई साताको नेपाल बसाइ पश्चात बेलायत फर्किए लगत्तै उनी फेशन शोमा सहभागी भएकी हुन् ।
प्रसुना सन् २०१२ मा सम्पन्न फेस अफ प्यूरिटीको फाइनलिष्टमा छनोट हुनुका साथै मिस पब्लिक च्वाइस अवार्ड समेत जित्न सफल भएकी थिइन् । यूकेका विभिन्न वेवसाइट तथा म्यागेजिनका लागि फोटोसुट गर्नुका साथै उनले बेलायतमा निर्मित नेपाली चलचित्र यू टर्नमा सह नायिकाका रुपमा अभिनय गरेकी छिन् । कविता तथा गीत लेखनमा समेत रुची राख्ने प्रसुनाले रचेका गीतहरुमा शर्मिला बर्देवा, राजेश पायल राई तथा रामकृष्ण ढकालले स्वर दिएका छन् ।
प्रायजसो समाजसेवामा संलग्न उनी नेपलिज नर्सिङ एसोसिएसन यूके उपाध्यक्ष, नेपलिज वुमेन एसोसिएसन यूके र नेपलिज ब्लड डोनर एसोसिएसन यूकेकी महासचिव पनि हुन् ।
हालै उनले धादिङ मारपाक गाउंको एक भूकम्प पीडित ९ वर्षीय बालकको जीवनभरको अध्ययन तथा खर्चको जिम्मेवारी लिएकी छिन् ।
किङ्डम स्कुल अफ आर्ट्समा थिएटर तथा स्क्रिन अभिनयमा डिप्लोमा
कोर्स गरिरहेकी प्रसुना आफ्नो पेसासंगै सामाज सेवा र कलाकारितालाई एकसाथ अगाडि लैजान चाहन्छिन् ।
सबै तस्विरहरु कुशल श्रेष्ठ
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’