
इस्लामावाद । पाकिस्तानको निर्वाचन आयोगले प्रकाशित गरेको आम निर्वाचनको पूर्ण परिणाम आइतबार सार्वजनिक गरेको छ ।
पाकिस्तानको नेशनल एसेम्ब्ली (राष्ट्रिय सभा) का लागि घोषित निर्वाचन परिणामअनुसार इमरान खानको समर्थन रहेका स्वतन्त्र उम्मेदवारले १०१, पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाजले ७५ र पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीले ५४ सिट प्राप्त गरेका छन् ।
उता अलजजिराले सार्वजनिक गरेको मतपरिणाममा भने स्वतन्त्र उम्मेदवारले ९७, नवाज सरिफको पार्टीले ७६ र भुट्टोको पार्टीले ५४ सीटमा विजय प्राप्त गरेको बताइएको छ ।
प्रर्व प्रधानमन्त्री खानको पार्टी पीटीआईलाई चुनाव चिन्ह नदिइएपछि उनका समर्थकहरु स्वतन्त्र रुपमा चुनावमा भाग लिएका थिए ।
२६६ सीटका लागि हुनुपर्ने निर्वाचनमा एक सीट भने उम्मेदवारको निधन भएका कारण निर्वाचन रोकिएको छ । बाँकी २६५ सीटको मतपरिणाम आइसकेको छ ।
अब सरकार बनाउन चाहने दलका लागि १३४ सीटको आवश्यकता पर्नेछ ।
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान