
लण्डन । श्रीमतीको शल्यक्रियापछि उनलाई रेखदेख गर्न बिदामा बसेका राजकुमार विलियम बुधबारदेखि शाही जिम्मेवारीमा फर्केका छन् ।
पिता राजा चाल्र्समा क्यान्सर देखिएपछि उनी पूर्व निर्धारित समयभन्दा अगावै जिम्मेवारीमा फर्केका हुन् ।
राजा चाल्र्स सोमबारदेखि क्यान्सरको उपचारमा छन् । उनी लण्डनस्थित राजदरबारभन्दा बाहिर साण्ड्रिङघममा रहेका छन् । पिता एक्कासी क्यान्सर निदानका लागि लाग्नुपर्ने भएपछि विलियमले थप राजकीय जिम्मेवारी पाएका छन् ।
४१ वर्षीय राजकुमार विलियमले यसअघि आफ्नी पत्नी राजकुमारी केट र तीन छोराछोरीको हेरचाहका लागि सार्वजनिक कार्यक्रम स्थगित गर्नुभएको थियो ।
राजा स्वास्थ्य उपचारमा लाग्नुभएपछि उहाँको जिम्मेवारी राजकुमार विलियम, रानी कमिला, राजकुमारी एन र कान्छा भाइ एडवार्डले मिलेर सम्हाल्ने अपेक्षा गरिएको छ । माइला भाइ आन्ड्रयूलाई भने अमेरिकामा यौन शोषणको अभियोग लागेपछि शाही जिम्मेवारीबाट केहीवर्ष अघि नै अलग गरिएको छ ।
७५ वर्षीय राजा चाल्र्सलाई कुन प्रकारको क्यान्सर भएको छ भन्नेबारे केही बताइएको छैन, यद्यपि उनको प्रोस्टेटमा क्यान्सर नभएको प्रष्ट पारिएको छ ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनक, प्रतिपक्षी दलका नेता सर किअर स्टामर लगायत बेलायती जनताले राजाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार