
लण्डन । एक साताअघि मात्र अस्पतालबाट डिस्चार्ज भएका बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर देखिएको छ ।
बेलायतको राजदरबार बकिङघम पालेसले सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै राजामा क्यान्सर पाइएको र आजैदेखि उपचार शुरु गरेको बताइएको छ ।
गत साता पोस्टेटको शल्यक्रिया गराएका राजा चार्ल्समा पाइएको क्यान्सर प्रोस्टेटको भने नभएको विज्ञप्तिमा खुलाइएको छ तर कुन अंगमा क्यान्सर देखिएको हो भन्ने चाहिँ बताइएको छैन ।
क्यान्सरको उपचार चलुन्जेल राजा चार्ल्स कुनै पनि सार्वजनिक समारोहमा उपस्थित नहुने तर कार्यालयबाट भने काम जारी राख्ने पनि जनाइएको छ ।
७५ वर्षीय राजा चार्ल्स प्रोस्टेटको शल्यक्रियापछि तीन दिन अस्पताल बसेर गत सोमबार मात्र घर फर्किएका थिए । त्यही प्रोस्टेटको उपचारका क्रममा उनमा क्यान्सरको शंका लागेपछि थप जाँच गर्दा उनमा क्यान्सर देखिएको बताइएको छ । राजा चार्ल्सलाई भेट्न अमेरिकामा रहेका उनका कान्छा छोरा ह्यारी चाँडै बेलायत आउने तय भएको छ तथापि राजदरबारले भने राजाको अवस्था चिन्ताजनक नभएको आशय विज्ञप्तिमा बताएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा