
लण्डन । बेलायतमा आजदेखि न्याशनल इन्स्योरेन्स (एनआई) दुई प्रतिशतले कटौती गरिएको छ ।
यसअघि वार्षिक तलव १२ हजार ५७१ पाउण्डदेखि ५० हजार २७० पाउण्डसम्म पाउनेहरुले १२ प्रतिशत एनआई तिर्नुपर्नेमा आजदेखि १० पाउण्डमा झारिएको छ । सरकारले नयाँ व्यवस्थाबाट करिब २ करोड ७० लाख जागिरेहरुलाई फाइदा पुग्ने अनुमान गरेको छ ।
बेलायती अर्थमन्त्री जेरेमी हन्टले यसअघि शरदकालिन बजेट भाषणमा सो कुरा घोषणा गरेका थिए ।
बेलायतको स्वतन्त्र परामर्शदाता संस्था फिस्कल स्टडिजका अनुसार सरकारले लागू गरेको नयाँ प्रावधानबाट वार्षिक ३० हजार पाउण्ड तलव पाउनेहरुले करिब ३५० पाउण्ड वचत गर्ने बताएको छ । उता अर्थ मन्त्री जेरेमी हन्टले नयाँ प्रावधानबाट एउटा घरमा करिब वार्षिक १ हजार पाउण्ड लाभ हुने बताएका छन् ।
यसैगरी स्वरोजगारहरुका लागि भने यसै वर्षको अप्रिल ६ तारिखदेखि नयाँ एनआई लागू हुने भएको छ । अहिले वार्षिक १२ हजार ५७१ पाउण्डदेखि ५० हजार २७० पाउण्डसम्म कमाइरहेका स्वरोजगारहरुले ९ प्रतिशत एनआई तिरिरहेकोमा त्यसपछि भने ८ प्रतिशत मात्र तिर्नुपर्ने छ ।
बेलायतमा वार्षिक १२ हजार ५७० पाउण्डभन्दा माथि आम्दानी गर्नेहरुले एनआई तिर्नुपर्ने व्यवस्था छ । सो एनआई स्टेट पेन्सन, बेरोजगार भत्ता, सुत्केरी भत्ता, स्वास्थ्य सेवा लगायतमा खर्च गरिन्छ । एनआई रोजगारदाता र जागिरे दुवैले तिर्नुपर्दछ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा