
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विविध धार्मिक पूजापाठका साथ तमू (गुरुङ) हरुको महान पर्व ल्होछार मनाएको छ ।
गत आइतबार ३१ डिसेम्बर अर्थात् पौष १५ गतेका दिन नेपालीहरुको बाक्लो बसोबास रहेको इंल्याण्डको अल्डरसटस्थित बीसीसी गुम्बामा दीप प्रज्ज्वलन, घ्यासी आयु र छोग पूजा गरी ल्होछार मनाइएको हो ।
विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौष १५ हुने ल्हो अर्थात् वर्ग परिवर्तनलाई विशेष महत्वका साथ लिने गर्दछन् । सोहीअनुरुप यसवर्ष बिरालो वर्गलाई बिदाई गर्दै गिद्ध वर्गलाई स्वागत गर्ने क्रममा उक्त पूजाको आयोजना गरिएको हो ।
नेपालबाट आमन्त्रित धर्मगुरु खेन्पो मंगल ध्वज (किरण) तुलाचनको विशेष उपस्थितिमा सम्पन्न सो पूजामा बीसीसी युकेका खेन्पो कर्म छुल्त्रिम, लामा हर्कजंग घले, लामा प्रदीप गुरुङ, लामा पुरन गुरुङ, सानु लामालगायत धर्मशालाबाट आएका ६ जना धर्मगुरुहरुले संयुक्त रुपमा संसारभर रहेका मानव जातिको सुख, शान्ति, दीर्घायू र समृद्धिको कामना गर्दै बौद्ध परम्परानुसार घ्यासी पूजा (ग्रह शान्ति), आयु, घनचक्र (छोग) पूजा गरेका थिए । सो अवसरमा दीप प्रज्ज्वलन, लुंदा रब्ने, रीप लगाउने, आयुको वाङ्ग दिइएको थियो ।
बेलायतमा रहेका तमूहरुको बाक्लो उपस्थिति रहेको पूजामा तमुधीं युकेका अध्यक्ष हरि गुरुङलगायत कार्यसमिति तथा आमाहरुले बीसीसी युकेको गुम्बा परिसर भित्र नयाँ लुंदा फेरेका थिए ।
बिहान १० बजेबाट औपचारिक रुपमा शुरुवात भएको पूजामा खेन्पो किरण तुलाचनले ल्होछारबारे जानकारी गराउँदै दीर्घायू र सशक्तीकरणबारे धार्मिक प्रवचन दिएका थिए । सो अवसरमा बीसीसी युकेका अध्यक्ष हर्क गुरुङलगायत कार्यसमितिले खेन्पो तुलाचनप्रति मण्डला अर्पण गरेका थिए । त्यस्तै, आमा प्रमुख उर्मिला गुरुङलगायत आमाहरुले धन्यवाद ज्ञापनसहित खेन्पो तुलचानप्रति मण्डला अर्पण गरे ।
कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्क गुरुङले बीसीसी युकेको बारेमा छोटो जानकारी गराउँदै विगत केही वर्षदेखि ल्होछार मनाउँदै आएको जानकारी गराउँदै तमू ल्होछारको हार्दिक मंगलमय शुभकामनासहित सबै अतिथिहरुको हार्दिक स्वागत गरे । त्यस्तै, बीसीसी लण्डन ब्रान्चका सचिव पञ्च तामाङ्गले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । साथै, तमुधीं यूकेका अध्यक्ष हरि गुरुङले मुप्री ल्होछारको पावन अवसरमा सबैको सुख, शान्ति, दीर्घायू, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना दिए ।

विशेषगरी नयाँ पुस्ताको बाक्लो उपस्थिति रहेको सो पूजामा बीसीसी युकेका उपाध्यक्ष रोबिन गुरुङले अतिथि खेन्पो किरण तुलाचनको बारेमा छोटो परिचय दिएका थिए ।
बौद्ध धर्ममा अत्यन्त महत्वपूर्ण मानिने १०८ ठेली कंग्यूर (बुद्ध वचन) र २२५ ठेली तेंग्यूर (बुद्ध वचन) बीसीसी युकेले गत २७ नोभेम्बरबाट पढाइरहेको पुस्तकलाई विभिन्न भक्तजनहरुले गुम्बा परिसर भित्र घुमाएका थिए । त्यस्तै, कार्यक्रममा बीसीसी युकेका स्टाफहरुले गरेको योगदानको कदर गर्दै सम्मान गरियो ।
विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत विशेष सहभागिता रहेको उक्त पूजामा बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टेन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण गुरुङ, निवर्तमान अध्यक्ष धर्म तामाङ्ग, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, निवर्तमान आमा प्रमुख पुष्पा गुरुङलगायत बीसीसी युकेका कार्यसमिति, आमाहरु, भक्तजनहरुको बाक्लो सहभागिता रह्यो ।
त्यस्तै, तमुधीं युकेका अध्यक्ष हरि गुरुङ तथा आमा अध्यक्ष सन्ध्या गुरुङ, एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङ, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, काउन्सिलर धनबहादुर सार्की, शेर्पा एशोसिएशन युकेका अध्यक्ष एवं बीसीसी युकेका वरिष्ठ उपाध्यक्ष आङ्गदावा शेर्पा, तमू फोरमका डाइरेक्टर क्याप्टेन राजु गुरुङलगायत अतिथिहरुको विशेष उपस्थिति रहेको थियो ।
बीसीसी युकेका अध्यक्ष हर्क गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अन्त्यमा बीसीसी युकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक क्याप्टेन देव घलेले धर्मगुरु, अतिथि, स्वंयसेवक, आमाहरुलगायत उपस्थिति भक्तजनहरुमा धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै, बीसीसी युकेका महासचिव मेजर हितमान गुरुङले औपचारिक कार्यक्रमको संचालन गरेका थिए ।
स्मरण रहोस्, खेन्पो किरण बीसीसी युकेको बिशेष निमन्त्रणामा तमू ल्होछारका लागि नेपालबाट आएका हुन् । उक्त ल्होछारका दिन उनलाई बीसीसी युकेका अध्यक्ष, आमा प्रमुख, ल्होछार संयोजक, कार्यसमिति, आमाहरुलगायत भक्तजनहरुले स्वागतद्वारमा खादा लगाई स्वागत गरिएको थियो ।

चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु