
लण्डन । लण्डनमा आत्महत्या गरेको आशंका गरिएका ४६ वर्षीय सुरेश मगरको आफन्त सम्पर्कमा आएका छन् ।
यसअघि लण्डनको क्याम्डेन प्रहरीले उनको शव व्यवस्थापन गर्न नजिकका आफन्तसित सम्पर्क हुन नसकेको भन्दै नेपाली दुताबास लण्डनमा पत्राचार गरेको थियो । दुताबासले मगर संघ युकेलाई सहयोगका लागि अपील गरेको थियो भने संघले सामाजिक र सांगठानिक सन्जालमार्फत आफन्तलाई सम्पर्कमा आउन अनुरोध गरेको थियो ।
संघकी अध्यक्ष सीता पुनले सुरेश मगरको आफन्त पत्ता लागेको जानकारी दिएकी छिन् । सुरेश मगर म्याग्दी देविस्थानको भएको र गाउँमा उनलाई रघु भनेर चिनिने उनले बताएकी छिन् ।
संघका महासचिव गुमानसिंह थापाका अनुसार सुरेश मगर संघकी अध्यक्ष सीता पुनको समेत चिनजानको र आफन्त समेत पर्ने पत्ता लागेपछि अध्यक्ष पुनले नै उनको शव पहिचानको नेतृत्व गरिरहेको जानकारी दिए ।
सुरेश मगरले म्याग्दीमा शिक्षकका रूपमा समेत केही समय काम गरेको प्रारम्भिक सूचना प्राप्त भएको छ ।
उनी पेन्सनर काका काकीसित लण्डनमा बस्दै आएको र वयोवृद्ध अवस्थाका काका काकी अहिले नेपाली बिदामा गएको बताइएको छ ।
पोर्चुगलका राहदानीबाहक मगर कहिलेदेखि बेलायतमा थिए र उनको निधन कसरी हुन पुग्यो भन्ने बारेमा हालसम्म कुनै जानकारी प्राप्त भएको छैन ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण