
लन्डन । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य बेलायतमा ‘मह जोडी टुर -२०२३’ सम्पन्न गरी नेपाल फर्कन लागेका छन् ।
लण्डन ह्यारो लेजर सेन्टरमा यही शनिबार र अल्डरसटस्थित एम्पायर हलमा आइतबार खचाखच दर्शकबीच आफ्ना प्रस्तुति दिएर मह जोडीले सयौं नेपालीको मन जिते ।
दुवै कार्यक्रममा मह जोडीले नेपालमा बढ्दै गएको भ्रष्टाचार र बेथितिविरुद्ध चोटिलो प्रहार मात्र गरेनन्, आफ्ना चर्चित गीत पनि गाएर दर्शक नचाए ।
कार्यक्रममा मह जोडीले बेलायतका दर्शककै लागि तयार गरेका ‘नयाँ प्याकेज समेत प्रस्तुत गरेका थिए।
प्रसिद्ध अंग्रेजी गीत ‘जिङ्गल बेल’ गाउँदै गरेका हरिवंश आचार्य छोराको भूमिकामा थिए भने मदनकृष्ण बाबुको भूमिकामा। मदनकृष्णले आफ्ना सात पुस्तालाई पुग्ने सम्पत्ति आफूले कमाइदिएको बताउँदै गर्दा ‘छोरा’हरिवंशले चाहिँ भ्रस्टाचार गरेर कमाएको पैसा आफूलाई नचाहिने बरु बाबुलाई नै जेल पठाउने चेतावनी दिए।
विगत ४५ वर्षदेखि संगै काम गरिरहेका मह जोडीले अर्को प्रहसन ‘प्रश्नोत्तर’ मा दिवंगत राजा वीरेन्द्रदेखि नेपालमा हाल प्रतिबन्धित टिकटकका मालिकको जिज्ञासा चिनियाँ भाषामा प्रस्तुत गर्दै रोचक जवाफ पनि दिएका थिए।
उनीहरुले नेपाली युवा रुसी सेनामा भर्ना हुन जाने अवस्था कसरी आयो भन्दै प्रश्न गरेका थिए।
७३ वर्षको उमेरमा पनि सक्रिय रहेका वरिस्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘फूलबुट्टे सारी’ गीत गाउन थालेपछि दर्शकहरु स्टेज नजिकै गएर नाचेका थिए।
त्यस्तै, चर्चित कलाकार आचार्यले ‘साझा बसमा जो पनि चढ्दछ’लगायत गीत सुनाउँदा माहोल तातेको थियो ।
ह्यारोमा चर्चित गायक प्रकाश सपूतले पनि महसंगै नेपाली दर्शकलाई नचाए । सपूतले ‘डांडा घरे साइँली’, ‘फूलमाया’ लगायत चर्चित गीतहरु गाएर दर्शक नचाएका थिए ।
दुवै कार्यक्रममा मदन कृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराहना, शर्मिला बर्देवा र अल्डरसटमा गत सिजनका ‘भ्वाइस अफ नेपाल’ विजेता करण राईले पनि प्रस्तुति दिए ।
कार्यक्रम आयोजक द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले बेलायतस्थित नेपाली समुदाय, संघसंस्था तथा समस्त दर्शकहरुप्रति हार्दिक आभार व्यक्त गरेका छन् । ‘दर्शकहरुको न्यानो माया र सहभागिताले मह टुर भव्य भएको छ । यसबाट हामीलाई राम्रा कलाकार र कार्यक्रम दिन सके दर्शकको मन जितिने रहेछ भन्ने विश्वास बढेको छ’, तामाङले भने ।
उनले ह्यारो कार्यक्रममा सहभागी भएकोमा राजदूत ज्ञानचन्द्र आचार्य, स्थानीय मेयर, अतिथिहरु र अल्डरसटमा सहभागी दूतावासकी नियोग उपप्रमुख रोशन खनाल, मिडवे काउन्सिलका मेयर निना गुरुङ लगायत प्रायोजक सबैमा आभार व्यक्त गरे । सिइओ तामांगले ‘मह जोडी टुर २०२३’ की चिफ कोअर्डिनेटर मधु गुरुङ, कोअर्डिनेटर प्रतिमा जोशी, बिमला सेने, मिना गुरुङ, अञ्जना गुरुङ लगायत ‘प्रोजेक्ट टुगेदर’ का सबै सदस्यहरुलाई पनि हार्दिक धन्यवाद दिए।
द गोर्खा सेन्टरले गोर्खा भेट्रानहरुको सहयोगार्थ ‘मह टुर’ आयोजना गरेको थियो ।
वरिष्ठ कलाकार हरिवंश आचार्य र जीवनसंगिनी रमिला बुधवार बिहान अमेरिका प्रस्थान गरेका छन् भने
वरिष्ठ कलाकार मदनकृष्ण र छोरी सराना बिहीबार नेपाल फर्कने छन् । कलाकार यमन श्रेष्ठले भने नयाँ वर्ष २०२४ को पूर्व सन्ध्या आकाशमा बिताउँदै १ जनवरीमा नेपाल पुग्ने बताए।
तस्बिर- युद्ध पुन
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु