
लन्डन । वरिष्ठ हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लन्डन आइपुगेका छन् ।
‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय बिहीबार साँझ हिथ्रो उत्रिएका हुन् । महका साथ मदनकृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना र आचार्यकी जीवनसंगिनी रमिला पनि छन् ।
मह जोडी तथा टोलीका अन्य सदस्यलाई आयोजक द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङ लगायत स्वयमसेवक युवा र विभिन्न संघ संस्थाका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए ।
लण्डन आइपुगेपछि कलाकार मदनकृष्ण श्रेष्ठले ठट्यौलो शैलीमा भने, “बचेखुचेको शक्ति प्रदर्शन गर्ने हो। रमाइलो हुन्छ। अल्डरशट र ह्यारोमा अवश्य आउनु होला।”
यसैगरी कलाकार हरिवंश आचार्यले भने, “यहाँहरुसँग भेट्न हामी बेलायत आइपुग्या छौं। भेटम्ला, रमाइलो गरम्ला। राजनीतिक परिस्थिति ३०-४० वर्षदेखि चेन्ज भएको छैन। सुध्र भन्ने हो, सुध्र्या छैन भन्ने हो, उध्रेको छ भन्ने हो। विसंगतिको बारेमा नै हाम्रो प्रस्तुति हुन्छ।”
उनले विमान स्थलमा आफूहरुलाई भव्य स्वागत गर्ने सबै संघसंस्थालाई धन्यवाद दिंदै आउँदो शनिबार तथा आइतबार भेट हुने विश्वास व्यक्त गरे।
“गीत संगीत पनि हुन्छ। तपाईंहरुलाई रमाइलो दिने कोशिश गर्छौं,” आचार्यले भने।
कार्यक्रमका आयोजक लन्डनस्थित द गोर्खा सेन्टरका सीइओ भीम तामाङले तयारी भव्य भैरहेको बताए । “लजिस्टिक्सको काम करिब करिब पूरा गरिसकेका छौं। यो कार्यक्रम भव्य गराउन कहीं पनि नचुक्ने गरी हामी तयारी गरिरहेका छौं,” उनले भने।
मह जोडी टुर अन्तर्गत पहिलो कार्यक्रम यही शनिबार (२३ डिसेम्बर) अपरान्ह ४ बजेदेखि हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम आइतबार, २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ ।
ह्यारोमा चर्चित गायक प्रकाश सपुत, यमन श्रेष्ठ, शर्मिला बर्देवालगायतका कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन् । अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल विजेता करण राईले पनि प्रस्तुति दिनेछन् ।
आयोजकका अनुसार यो लिंकमा गएर टिकट किन्न सकिन्छ:
ह्यारो :
अल्डरशट :
द गोर्खा सेन्टरले एडभान्समा टिकट लिए जम्मा २५ पाउण्ड एवं विद्यार्थी र ६० वर्षमाथिका दर्शकका लागि २० पाउण्ड शुल्क राखेको छ ।
टिकट सम्बन्धी कुनै पनि जिज्ञासा भए मधु गुरुङ (07585806914) र प्रतिमा जोशी (07793055224) लाई सम्पर्क गर्न पनि आयोजकले आग्रह गरेका छन्।
यो कार्यक्रमबाट बचत भएको सम्पूर्ण रकम गोर्खा भेट्रानहरुलाई मदत गर्न खर्च गरिने द गोर्खा सेन्टरले जनाएको छ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा