
लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती मनाएको छ ।
वरिष्ठ साहित्यकार, नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठको प्रमुख आतिथ्य तथा समाजका अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा १८ नोभेम्बर २०२३ शनिबार सो कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा हालै दिवंगत हुनुभएकी जानकी मानन्धरप्रति पनि श्रद्धान्जलि अर्पण गरिएको थियो ।
कार्यक्रमलाई संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार सुमलकुमार गुरुङले संयोजन गरेका थिए ।
संस्थाकी सचिव मन्जु भण्डारीले सन्चालन गरेकी यस कार्यक्रमलाई समाजकी उपाध्यक्ष माया गुरुङले स्वागत मन्तव्य प्रकट गरेकी थिइन् ।
कार्यक्रममा करिब २५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपालमा जाजरकोटमा हालै गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेहरू र अनेसास बेलायतद्वारा प्रत्येक वर्ष प्रदान गरिने सुप्रमा ईप्रमा साहित्यिक पुरस्कारको संस्थापक स्वर्गीय ईश्वर मानन्धरकी श्रीमती स्वर्गीय जानकी मानन्धरप्रति हार्दिक श्रद्धान्जलीका लागि कार्यक्रममा एक मिनेट मौन धारणा गरिएको थियो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे छोटो जीवनी साथै नेपाली साहित्यमा महाकविको विशेष प्रभावको बारेमा संयोजक सुमलकुमार गुरुङले प्रकाश पारेका थिए । यस कार्यक्रममा स्वर्गीय ईश्वर मानन्धर तथा मानन्धर परिवारको तर्फबाट उनका पुत्र विनोद मानन्धर तथा पुत्री सविता मानन्धर उपस्थिति थिए । विनोद मानन्धर तथा सविता मानन्धरले संक्षिप्तमा आफ्नो भनाइ व्यक्त गरेका थिए ।
कार्यक्रममा श्रद्धान्जलि प्रकट गर्दै आफ्नो सिर्जना वाचन गर्नेहरुमा क्रमश भरतकुमार श्रेष्ठ, गंगा भण्डारी, विशन थापा, केदार संकेत, जित छन्त्याल, डा. संगीता स्वेच्छा, नानु राना, सुमलकुमार गुरुङ, सारादेवी गुरुङ, सरुभक्त श्रेष्ठ, राज श्रेष्ठ, नीता गुरुङ तथा मन्जु भण्डारी, माया गुरूङ थिए । सहभागीमध्ये केहीले आफ्नो भनाइ मात्र राखेका थिए । कार्यक्रममा उपस्थित पूर्व मगर संघ बेलायतका अध्यक्ष तथा वरिष्ठ साहित्यकार दुत पुन (चिमखोले काइँला), लय प्रसाई तथा अर्चना गुरुङ पनि उपस्थित थिए ।
कार्यक्रमका प्रमुख अतिथि सरुभक्त श्रेष्ठले देवकोटाको बहुआयामिक देनबारे प्रकाश पार्दै आफूलाई यस्तो गरिमामय कार्यक्रममा प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरेकोमा समाजलाई धन्यवाद व्यक्त गरेका थिए ।
अन्तमा कार्यक्रममा सभाध्यक्ष राज श्रेष्ठले स्वर्गीय जानकी मानन्धरलाई हार्दिक श्रद्धान्जलि व्यक्त गर्दै सुप्रमा ईप्रमा साहित्यिक पुरस्कारका प्रायोजक मानन्धर परिवारलाई आभार व्यक्त गर्दै यस पुरस्कारको बारेमा प्रकाश पार्दै सबैलाई आधार तथा धन्यवाद प्रकट गरी कार्यक्रम समापन गरेका थिए ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा