लन्डन । बेलायतमा सबैभन्दा धेरै शाखा स्थापना गरेर विद्यार्थीलाई तेक्वान्दो प्रशिक्षण गराउंदै आएको नेपालीको पुरानो डोजाङ सगरमाथा तेक्वान्दो डोजाङले नेपालमा स्पोर्टस् सेन्टर बनाइदिने भएको छ । भूकम्प प्रभावित कुनै एक क्षेत्रमा सुविधासम्पन्न स्पोर्टस् सेन्टर बनाउने निर्णय भएको सगरमाथा डोजाङका संस्थापक मास्टर राष्ट्र राईले जनाएका छन् । सगरमाथाले प्रिडेटर तेक्वान्दोसंग मिलेर यस्तो काम गर्न लागेको हो ।
यस प्रोजेक्टका लागि यी दुई क्लवले फण्ड रेज अभियान थालिसकेका छन् । गत सप्ताहन्तमा डोजाङ आवद्ध विद्यार्थीले खेल प्रदर्शन गरि करिब एक हजार पाउण्ड संकलन गरे । यसबाहेक रोयल स्कुल मिलिट्री इन्जिनियरिङ रेजिमेन्ट जिम स्टाफबाट पनि एकहजार दुई सय १२ पाउण्ड संकलन भएको छ । मास्टर राईले बेलायती जनताले आफ्नो अभियानमा उत्साहजनक सहभागिता जनाएको उल्लेख गरे ।
प्रोजेक्ट सफल बनाउन सगरमाथा र प्रिडेटर तेक्वान्दोले संयुक्त रुपमा आगामी जुन २१ मा अल्डरसटस्थित ग्यारिसन स्पोर्टस् सेन्टरमा तेक्वान्दो फ्रेण्डसीप डे मनाउने भएका छन् । उक्त दिनको मुख्य उद्देश्य कोषअभिवृद्धिसहित बेलायती र नेपाली खेलाडीबीचको सम्वन्ध अरु प्रगाढ बनाउनु रहेको राईले बताए । सांस्कृतिक तथा तेक्वान्दो खेल प्रदर्शन गरिने उक्त दिन कार्यक्रममा सहभागी भएर आफ्नो अभियानमा साथ दिन आयोजकले आग्रह गरेका छन् ।
६ पटक चुङ डो क्वान नेशनल च्याम्पियसनसीप सगरमाथाले नेपालको विपत्तिमा यसअघि पनि सहयोग गर्दै आएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा