
लण्डन । बेलायतको अर्थतन्त्रमा अगष्ट महिनामा झीनो सुधार आएको छ ।
बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार सो महिनामा बेलायतको कुल ग्राहर्स्थ उत्पादनमा शुन्य दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।
ओएनएसका आर्थिक तथ्याङ्क निर्देशक ड्यारेन मोर्गानका अनुसार बितेको तीन महिनामा बेलायतको अर्थतन्त्र कार उत्पादन तथा निर्माण क्षेत्रका कारण सामान्य वृद्धि भएको हो ।
बेलायतक अर्थमन्त्री जेरेमी हन्टले नयाँ तथ्याङ्कले बेलायतको अर्थतन्त्र ठीक बाटोमा गइरहेको देखाएको जिकिर गरेका छन् । उनले फ्रान्स र जर्मनीभन्दा बेलायतको अर्थतन्त्र कोभिडपछि छिटो वृद्धि भएको पनि दाबी गरेका छन् ।
उता ओएनएसले भने हडतालका कारण बेलायतको अर्थतन्त्रबारे पूर्ववत अनुमानलाई सच्याएको छ । उसले हडतालले बेलायतको आर्थिक वृद्धिमा शून्य दशमलव ५ प्रतिशत असर पार्ने बताएको छ । जुलाई महिनामा मात्र हडतालले शून्य दशमलव ६ प्रतिशत असर गरेको तथ्याङ्क सार्वजनिक भइसकेको छ ।
विश्लेषकहरुले भने बेलायतको अर्थतन्त्र अलिअलि बढ्न लागेको बताएका छन् ।
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]