
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सचिव पदका उम्मेदवार दयानिधि सापकोटा मध्यपूर्व र युरोपेली देशहरुको भ्रमण पूरा गरी आइतबार कर्मभूमि बेलायत फर्किएका छन् ।
डेलिगेट्सहरुसँग प्रत्यक्ष भेटेर उनीहरुका कुरा सुन्न र आफ्ना प्रतिवद्धता प्रस्तुत गर्न सापकोटा भ्रमणमा निस्किएका थिए ।
उनी बहराइन, दुबई, कुवेत, बेल्जियम, फ्रान्स, स्पेन, पोर्चुगल, माल्टा र डेनमार्क हुँदै बेलायत फर्किएका छन् ।
भ्रमणका क्रममा सापकोटाले मतदातासमक्ष आफ्ना ऐक्यवद्धता प्रस्तुत गर्दै उनीहरुबाट सुझाव सल्लाह लिए । नेतृत्व पंक्तिले निर्वाह गर्नुपर्ने जिम्मेवारी र गैरआवासीय नेपालीका अपेक्षा के छन् त्यसबारे पनि सापकोटाले विचारविमर्श गरेका थिए । आफूले भ्रमण गरेका देशका डेलिगेट्सहरुबाट पूर्ण साथ र हौसला पाएको उनले बताए ।
‘चाहना भएर पनि म धेरै साथीहरुसँग पुग्न सकिनँ । तर तपाईंहरुले हामीप्रति देखाउनुभएको नैतिक र भावनात्मक समर्थन मेरा लागि अमूल्य छ’, उनले भने, ‘मैले भेट्न नसकेका डेलिगेट्स साथीहरुलाई पनि म यही समाचारमार्फत मलाई मत दिएर एकपटक नेतृत्वमा आउन सहयोग गरिदिनु हुन अपिल गर्दछु’, उनले भने।
सापकोटाले आउंदो शुक्रबार नेपाल पुग्ने योजना बनाएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा