
लन्डन । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीद्वारा लिखित “पूर्वीय सभ्यतामा मानव अधिकार” नामक ग्रन्थबारे लन्डनमा प्राज्ञिक विमर्श हुने भएको छ ।
लन्डनस्थित भारतीय उच्चायोगको द नेहरु सेन्टरद्वारा यही २६ अक्टोबर बेलुका आयोजित कार्यक्रममा उक्त पुस्तकबारे छलफल गरिने छ ।
सोही अवसरमा प्राध्यापक सुवेदीले आफ्नो ग्रन्थबारे प्रवचन दिनेछन् भने अन्य दुई वक्ताले पुस्तक समीक्षा गर्ने कार्यक्रम तय भएको छ ।
प्राध्यापक सुवेदीद्वारा लिखित पुस्तक ‘ह्युमन राइट्स इन इस्टर्न सिभिलाइजेसन्स’ (एडवर्ड एल्गर, इङ्गल्याण्ड, २०२१) ले पूर्वी सभ्यताहरूको मूल्य र संयुक्त राष्ट्र मानव अधिकार एजेन्डाको विकासमा तिनको योगदान उजागर गरेको छ ।
पूर्वी र पश्चिमी सभ्यताबीचको मूल्यमान्यताले कसरी मानव अधिकारको विश्वव्यापी अवधारणालाई समृद्ध बनाएको छ भन्ने बारे पनि पुस्तकमा चर्चा गरिएको छ ।
उक्त प्रवचन कार्यक्रममा सहभागी हुन यो लिंकमा गएर आफ्नो स्थान सुरक्षित गर्न सकिन्छ:
https://www.nehrucentre.org.uk/events/book-launch-discussion/
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा