हाल बेलायतमा बसोबासरत साहित्यकार संगीता स्वेच्छाको ‘गुलाफसँगको प्रेम’ कथा संग्रह सन् २०१९ मा प्रकाशित पुस्तक हो । यसमा लामा–छोटा गरी २० वटा कथा समावेश छन् । कलर नेपालले प्रकाशन गरेको १६४ पृष्ठको यस पुस्तकमा समावेश भएका कथाहरुको रचना गर्भ नेपाल, बेलायत र अष्ट्रेलियाको विभिन्न सामाजिक परिवेशमा आधारित छ ।
पुस्तकमा ‘गुलाफसँगको प्रेम’, ‘अपरिचित टेलिफोन नम्बर’, ‘अब्यक्त इच्छा’, ‘इमिली -मेरी छिमेकी’, ‘हरिमायाकी बुहारी’, ‘नागरिकता’, ‘अर्थविहीन पत्रहरु’, ‘बढ्दो सभ्यता’, ‘आप्रवासी मुटु’, ‘कालचक्र’, ‘राममाया’, ‘असम्झौताभित्रको सम्झौता’, ‘असाधारण मृत्यु’, ‘एकांकीपनले जन्माएको मानसिकता’, ‘आदर्शको सीमारेखा’, ‘लरेनका ड्याडीहरु’, ‘विखण्डित सपना’, ‘विचारहरुको द्वन्द्व’, ‘कथाकारको कथा’ र ‘विक्षिप्त मनको डायरी’ शीर्षकका कथाहरु समेटिएका छन् ।
‘अपरिचित टेलिफोन नम्बर’ कथामा नेपाली मूलकी आमा र बेलायतमा जन्मेकी छोरीबीचको अपेक्षा र व्यवहारबीचको अन्तरलाई देखाइएको छ । बेलायतमा बसे पनि आमाको अपेक्षा नेपाली आमाकै जस्तो हुन्छ भने बेलायतमा जन्मे हुर्केकी छोरीले एउटा घटनामा आमालाई दोषी देखाउँदै घर नै त्याग गर्छिन् ।
‘इमिली -मेरी छिमेकी’ अर्को बेलायतको परिवेशमा लेखिएको कथा हो । यस कथामा नेपाली दम्पत्ति र एक गैरनेपाली महिला छिमेकी हुन्छन् । श्रीमती छिमेकी गैरनेपाली महिलाको चियोचर्चो गर्नमा रुचि राख्छिन् तर उनलाई तिनै महिलासँग आफ्नो श्रीमानको अफेयर चलेको सुइँको समेत हुँदैन । प्रवासमा सम्बन्धहरु कसरी काँच जस्तो कच्चा हुन्छन् भन्ने यस कथामा राम्रोसँग बुनिएको छ ।
‘असम्झौताभित्रको सम्झौता’ मा प्रवास (बेलायत)मा रोजेको अवसर नपाउँदा परेको मानसिक असरलाई अत्यन्तै कुशलतापूर्वक चित्रण गरिएको छ ।
बाँकी कथाहरुमा कतै प्रवासमा आप्रवासीप्रति गरिने दोस्रो दर्जाको नागरिकको व्यवहार देखाइएको छ भने कतै प्रविधिले कसरी मानिसलाई आधारभूत कर्तव्यबाट विमुख गराइरहेको भन्ने सन्देश दिइएको छ । विश्वव्यापीकरणले परम्परा र आधुनिकताबीच उत्पन्न गराएको घर्षण, प्रवासको निर्मम जीवन, सार्वजनिक यातायातमा महिला हिंसा, नवोदित साहित्यकारमाथिको बेइमानी लगायतका विषयमा कथाहरु लेखिएका छन् ।
कथाहरु धेरै लाम नहुँदा एकै बसाइमा पुस्तक सिध्याउन सकिन्छ । लेखनमा सरलताले पढ्दा कुनै झर्को लाग्दैन । हरेक कथामा राखिएको स्केच (चित्र) ले कथालाई अझै आकर्षक बनाएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा