
लन्डन । महाभूकम्पपछिको दर्दनाक अवस्थाले उनीहरुको मन कत्ति थामिएन । उनीहरुले सञ्चारमाध्यमबाट देखे मानिसहरु पीडाले छटपटाइरहेका, परिवार र आफन्तजनको देहवसानमा शोकले डुबिरहेका । बांच्नेको पनि दयनीय अवस्था, भोक भोकै रोइरहेका छन् मानिसहरु । यस्तो अप्ठेरोमा मुकदर्शक भएर बस्न मनले मानेन । काम, पढाइ सब त्यागेर ति स्वयंसेवकहरुले योजना बनाए भूकम्प प्रभावित क्षेत्रमा गएर आफूले सकेको सहयोग गर्ने । यसका लागि कस्सिए युवाहरु पुनम राई, सरला थापा, स्मिता राई, भावना लिम्बु र उज्जवल गिरी । उनीहरु नया युवा यूके र ह्युमन नेचर फाउण्डेशन नेपालसंग आवद्ध रहेको हेल्प फर नेपाल यूके संस्थाका तर्फबाट अहिले नेपालमा गएर राहत वितरणमा खटिइरहेका छन् ।
नेपाल गएर यी तन्नेरीले करिब ६ लाख ७३ हजार रुपैयां बराबरको खाद्य सामाग्री, औषधि, बेडिङ, टेन्ट्, ब्ल्याङ्केट, केटाकेटीका लागि चप्पल (५२७ जोर), लत्ता कपडा (४०० थान) र फुटबल (३२३ वटा) वितरण गरिसके । ति अत्यावश्यक सामाग्री भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाको ठूलो पखर गाविसका १, २ र ५ मा, सिन्धुपाल्चोककै मानेश्वर गाविस १, २ र ९ मा तथा सिन्धुपाल्चोकको मेलम्चीमा थांगपाल धाप गाविस १, २, ३, ४, ८ र ९ मा वितरण गरिएको हो ।
बेलायतको सुख सयलमा रमाइरहेका यी स्वयंसेवकहरु अहिले नेपालको कारुणिक परिस्थितिसंग सामिप्यता गांसिरहेका छन् । आम नेपालीले भोगेको पीडामा उनीहरुको पनि साथ छ । राहत सामाग्री लिएर मेलम्ची जाने क्रममा दोश्रो ठूलो शक्तिशाली भूकम्प आएर पहिरो आउंदा उनीहरु झण्डै फंसेका थिए । यो समूहमा रेडियो बिजिडब्लुएस्का रिपोर्टर सुरेश वनेम पनि साथमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने