
लन्डन । महाभूकम्पपछिको दर्दनाक अवस्थाले उनीहरुको मन कत्ति थामिएन । उनीहरुले सञ्चारमाध्यमबाट देखे मानिसहरु पीडाले छटपटाइरहेका, परिवार र आफन्तजनको देहवसानमा शोकले डुबिरहेका । बांच्नेको पनि दयनीय अवस्था, भोक भोकै रोइरहेका छन् मानिसहरु । यस्तो अप्ठेरोमा मुकदर्शक भएर बस्न मनले मानेन । काम, पढाइ सब त्यागेर ति स्वयंसेवकहरुले योजना बनाए भूकम्प प्रभावित क्षेत्रमा गएर आफूले सकेको सहयोग गर्ने । यसका लागि कस्सिए युवाहरु पुनम राई, सरला थापा, स्मिता राई, भावना लिम्बु र उज्जवल गिरी । उनीहरु नया युवा यूके र ह्युमन नेचर फाउण्डेशन नेपालसंग आवद्ध रहेको हेल्प फर नेपाल यूके संस्थाका तर्फबाट अहिले नेपालमा गएर राहत वितरणमा खटिइरहेका छन् ।
नेपाल गएर यी तन्नेरीले करिब ६ लाख ७३ हजार रुपैयां बराबरको खाद्य सामाग्री, औषधि, बेडिङ, टेन्ट्, ब्ल्याङ्केट, केटाकेटीका लागि चप्पल (५२७ जोर), लत्ता कपडा (४०० थान) र फुटबल (३२३ वटा) वितरण गरिसके । ति अत्यावश्यक सामाग्री भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाको ठूलो पखर गाविसका १, २ र ५ मा, सिन्धुपाल्चोककै मानेश्वर गाविस १, २ र ९ मा तथा सिन्धुपाल्चोकको मेलम्चीमा थांगपाल धाप गाविस १, २, ३, ४, ८ र ९ मा वितरण गरिएको हो ।
बेलायतको सुख सयलमा रमाइरहेका यी स्वयंसेवकहरु अहिले नेपालको कारुणिक परिस्थितिसंग सामिप्यता गांसिरहेका छन् । आम नेपालीले भोगेको पीडामा उनीहरुको पनि साथ छ । राहत सामाग्री लिएर मेलम्ची जाने क्रममा दोश्रो ठूलो शक्तिशाली भूकम्प आएर पहिरो आउंदा उनीहरु झण्डै फंसेका थिए । यो समूहमा रेडियो बिजिडब्लुएस्का रिपोर्टर सुरेश वनेम पनि साथमा छन् ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल