
लण्डन । बेलायत सरकारले अध्यागमनसम्बन्धी कानुनमा थप व्यवस्था गर्दै सन् १९९७ जुलाई १ भन्दा अघि अवकास पाएका तर उनीहरुले अवकास पाउँदा १८ वर्ष ननाघेका गोरखाका छोराछोरीलाई बेलायत आउन दिने प्रावधान राखेको छ ।
बेलायतको गृह मन्त्रालयले हिजो विहीबार जारी गरेको नियमअनुसार सन् १९९७ जुलाई १ अघि सेवाबाट अवकास पाएका गोरखाहरु अहिले जीवित नरहे पनि उनीहरुका छोराछोरीहरुले पनि यस्तो आवेदन दिन पाउने छन् ।
यसरी आवेदन गर्नका लागि केही शर्तहरु भने राखिएका छन् । जसमा पिता सेवाबाट अवकास पाउँदा छोराछोरीको उमेर १८ वर्ष नाघेको हुन नहुने, आमाबाबासित एकाघरमा बसेको हुनु पर्ने, आमाबाबासित पढाइबाहेक अरु कारणले दुई वर्षभन्दा बढी अलग भएको हुन नहुने, बाबाआमासित आश्रित नभई आफ्नै जीवन जिइरहेको हुन नहुने लगायत छन् ।
यो मापदण्डभित्र परेका गोरखा भूतपूर्व सैनिकका छोराछोरीहरुले नेपाल तथा बेलायतमा आवेदन दिन सक्ने बताइएको छ । बेलायतबाट आवेदन दिएकाहरूले अध्यागनसम्बन्धी कानुन उल्लंघन गरेको हुन नहुने बताइएको छ तर भिसामा तोकिएको अवधिभन्दा लामो समय बसेको अवस्थामा त्यसलाई उल्लंघन नठानिने पनि उल्लेख छ ।
यसअघि सन् २०१३ मा बेलायतको गृह मन्त्रालयविरुद्ध घिसिङले दिएको मुद्दामा नै गोरखाहरुलाई अवकास हुने बित्तिकै बेलायतको आवासीय भिसा दिइएको भए उनीहरुका छोराछोरी १८ वर्ष नाघेका हुने थिएनन् भनेर घिसिङ पक्षका वकिलहरुले गरेको बहसमा न्यायाधीश सहमत भएका थिए । तर त्यसलगत्तै बेलायतको संसदमा गोरखाहरुका बारेमा गठित सर्वदलीय संसदीय टोलीले विभिन्न प्रावधान राख्दै गोरखा भूतपूर्व सैनिकका ३० वर्ष मुनीका सन्तानलाई बेलायतको आवासीय भिसा दिन सुझाव दिएको थियो । फेरि २०१७ मा राईले बेलायतको गृह मन्त्रालयविरुद्ध दिएको मुद्दामा गोरखाहरुको सन्ततिको सवालमा उमेरको हदबन्दी कायम हुन नहुने फैसला भएको थियो ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का उपसभापति तथा अहिले चलिरहेको नेपाल तथा बेलायतबीचको गोरखासम्बन्धी वार्ताका वार्ताकार धर्मबहादुर तामाङ बेलायतले अहिले नियम बनाएर गोरखाका छोराछोरीका लागि केही खुकुलो प्रावधान बनाए जस्तो देखिए पनि यदि उनीहरुको आवेदन अस्वीकृत भएमा उनीहरुको अदालतमा पुनरावेदनका लागि जान पाउने अधिकार कायम छ कि छैन सचेततापूर्वक हेर्न पर्ने बताउनुहुन्छ ।
गृह मन्त्रालयकाे अपडेट हेर्न यहाँ क्लीक गर्नुहोस्
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
नेपाली कांग्रेसका दुई महामन्त्री थापा र शर्मालगायतमाथि कारबाही
चलचित्र वितरक रोहित कसरी ‘मिरमिरे’मा लगानीकर्ता बन्नुभयो ?
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट