लन्डन । आगामी २४ मे मा हुने १३ औं गोर्खा कपमा यसपटक ४० टिमले मात्र प्रतिष्पर्धा गर्ने भएका छन् । नेपाली समुदायको सबैभन्दा वृहत मानिने उक्त प्रतिष्पर्धामा यस वर्ष नन भेट्रान ३२ र भेट्रान ८ गरि ४० टिमले प्रतिष्पर्धा गर्ने भएका हुन् । गत वर्षको तुलनामा यसपटक १२ टिम घटेका छन् ।
४५ हजार पाउण्ड बजेट लाग्ने अनुमान गरिएको गोर्खा कप अल्डरसटस्थित क्वीन्स् एभिन्यू मैदानमा हुनेछ । आयोजक तमुधिं यूकेले आइतबार एक पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएको हो । नेपालको अकल्पनीय विपत्तिका बीच तमुधिंले यसपटक इभेन्ट च्यारिटीमा केन्द्रित गर्न लागेको संस्थाका उपाध्यक्ष ज्ञाम गुरुङले जनाए । ‘ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई वर्ष गांठ र भूकम्प पीडितको सहयोगार्थ च्यारिटीमा इभेन्ट केन्द्रित हुनेछ’, गुरुङले वीनेपालीसंग भने । यसपटक च्यारिटेवल संस्थालाई निशुल्क स्टल राख्ने प्रवन्ध गरिएको छ ।
संयोजक क्या. पिताम्बर गुरुङका अनुसार, गोर्खा कपमा यसपटकका आकर्षण हुनेछन् प्याराजम्पर मेजर रुद्र शाहीको नेतृत्वमा प्यारासुट डिस्प्लो । प्यारासुटबाट जि २०० र तमुधिं यूकेको झण्डा झारिनेछ । ब्रिटिश आर्मीको तेक्वान्दो प्रदर्शनी, गुल्मी जिल्ला समाज प्रथम नौमती बाजाको धुन र किशोर किशोरीको सामूहिक नृत्य अरु आकर्षण हुनेछन् । यसपटक सेनाको व्याण्ड प्रस्तुति हुने छैन् । खानाका ८ स्टल र कमर्शियल स्टल पनि हुनेछन् ।
कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका पदाधिकारी, स्थानीय काउन्सिल पदाधिकारी र दशौं हजार दर्शक सहभागी हुने अपेक्षा छ । गोर्खा कपलाई स्थानीय रसमोर बरो काउन्सिलले आफ्नो वार्षिक क्यालेन्डरमा सबैभन्दा ठूलो इभेन्टका रुपमा राखेको छ । प्रतियोगिता हेर्नकै लागि बेलायतका विभिन्न शहरबाट नेपाली ओइरिन्छन् । अधिकांश युवाका हकमा त्यो डेटिङ स्पट बन्नेछ भने वृद्धवृद्धालाई आफ्ना पुराना अतित स्मरण गर्दै समय बिताउने थलो । बेलायतस्थित नेपाली खेलाडीको प्रतिभा उजागर, अवसर र आत्मविश्वास अभिवृद्धिका लागि महत्वपूर्ण ठानिएको उक्त प्रतियोगितामा प्रथम हुने नन भेट्रान टिमले गोर्खा कपसहित १५ सय पाउण्ड नगद, फष्ट रनर अपले एकहजार पाउण्ड तथा भेट्रान टिमबाट पहिलो हुनेले ७५० पाउण्ड र फष्ट रनर अप (दोश्रो) हुने टिमले ५०० पाउण्ड नगद र कप पाउनेछन् ।
पत्रकार सम्मेलनमा तमुधिं यूके अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ, उपाध्यक्ष ज्ञाम गुरुङ, संयोजक क्या. पिताम्बर गुरुङ लगायतले पत्रकारका जिज्ञासा मेटाएका थिए ।
यसैबीच, तमुधिं यूकेले भूकम्प पीडितका लागि हालसम्म ३३ हजार पाउण्ड संकलन गरेको छ । संकलित रकम सल्लाहमा नेपालको अति प्रभावित जिल्लामा स्कुल, सामुदायिक भवन वा यस्तै अत्यावश्यक संरचना निर्माणमा खर्च गरिने संस्थाको योजना छ । यसअघि संस्थाले पीडितका लागि खाना र टेन्ट किन्न दुई लाख रुपैयां पोखरा पठाइसकेको छ ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न