
लण्डन । तालिमका क्रममा बेलायती सेनामा कार्यरत नविन थापाको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सिक्स रेजिमेन्ट द रोयल लजिष्टिक कर्प्समा कार्यरत ३५ वर्षीय थापाको सेप्टेम्बर २१मा निधन भएको हो । दक्षिणी योर्कसायरस्थित ड्रीफिल्ड तालिम क्षेत्रमा तालिम लिँदालिँदै उनको मृत्यु भएको बताइएको छ ।
सन् २०१९ मा बेलायती सेनामा प्रवेश गरेका थापाले छोटो अवधिमै धेरै प्रगति गरेको मन्त्रालयले बताएको छ ।
उनी आधारभूत तालिम सकिएपछि वर्दी डाउन विन्चेष्टरमा लजिष्टिक स्पेशलिष्ट तालिमका लागि खटाइएका थिए । सन् २०२० मा उनी योर्कसायरमा खटाइएका थिए । सैन्य सेवाको छोटो अवधिमा उनी साइप्रसमा संयुक्त राष्ट्रसंघको शान्तिसेनामा पनि खटिएका थिए भने कोभिड १९ का क्रममा राष्ट्रिय टोलीमा पनि परेका थिए । यसबाहेक केन्य र ओमानमा पनि उनी पठाइएका थिए । हालै मात्र उनले स्पेनमा तालिम सकाएका थिए ।
उनी भलिबल र ब्याडमिन्टन खेलाडी पनि थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा