
लण्डन । बेलायत सरकारले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत कर्मचारीहरूको तलवका लागि थप कोष व्यवस्थापन गर्न बेलायतको भिजामा अतिरिक्त शुल्क लगाएपछि अक्टोबर ४ देखि नयाँ शुल्क लागू हुँदैछ ।
बेलायतको गृह मन्त्रालयका अनुसार बेलायतका विभिन्न भिजाहरूमा १५ देखि २० प्रतिशतसम्म वृद्धि भएको छ ।
नयाँ दरअनुसार ६ महिनाको भिजिट भिसा शुल्क यसअघि १०० पाउण्ड रहेकोमा अब ११५ पाउण्ड तिर्नुपर्नेछ । दुई वर्षको भिजिट भिसाको शुल्क ३७६ पाउण्ड रहेकोमा अब ४०० पाउण्ड र पाँच वर्षको भिजिट भिजा शुल्क ६७० पाउण्ड रहेकोमा अब ७७१ पाउण्ड तिर्नुपर्नेछ ।
बेलायतको सेटलमेन्टका लागि यसअघि १ हजार ५३८ पाउण्ड रहेकोमा अब १ हजार ८४६ पुगेको छ । सेटलमेन्टमा आउने डिपेन्डेन्टका लागि भने ३ हजार २५० यथावत रहेको छ ।
बेलायतको आवासीय अधिकार पाएकाहरूको डिपेन्डेन्टका लागि बेलायत आउन जनही २ हजार ४०४ पाउण्ड लाग्ने गरेकोमा अब २ हजार ८८५ पाउण्ड पुगेको छ । सन् १९९७ जुलाई १ देखि सेवा निवृत्त भएका गोरखाहरूका लागि १ हजार ८४६ पाउण्ड लाग्ने छ ।
यस्तै, वर्क परमिटमा बेलायत आउन पनि भिजा शुल्क १५ प्रतिशत वृद्धि गरिएको छ भने बेलायतमा अध्ययन गर्न आउने विद्यार्थीले बेलायतको भिजाका लागि आवेदन गर्दा लाग्ने शुल्क पनि ३५ प्रतिशतसम्म बढाइएको छ । यसअघि जनही ३६३ पाउण्ड लाग्ने गरेकोमा अब ४९० पाउण्ड पुगेको छ ।
यसैगरी, बेलायतको नागरिक बन्न लाग्ने शुल्क पनि बढाइएको छ । यसअघि नेचुरलाइजेसन गर्न १ हजार २५० पाउण्ड लाग्ने गरेकोमा अब १ हजार ५०० तिर्न पर्नेछ ।
बेलायतमा स्वास्थ्य सेवा उपयोगवापत तिर्नपर्ने हेल्थ सरचार्ज पनि बढाइएको छ । यसअघि ६२४ पाउण्ड तिर्नपर्नेमा अब १ हजार ३५ पाउण्ड पुर्याएको छ ।
सबैभन्दा धेरै वृद्धि भने बेलायतको इनडिफिनेट लिभ टु रिमेन (आइएलआर)का लागि गरिएको छ जसमा ४८१ पाउण्ड बढाइएको छ ।
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]