
लण्डन । बेलायतको मिडल्यान्ड निवासी समाजसेवी दयानिधि सापकोटाले मानव सेवा आश्रमलाई ५ लाख रुपैयां सहयोग दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मानव सेवा आश्रम यूकेले साझा नेपाली समाजको समन्वयमा सोमबार गरेको ‘आमा’ सेमिनारमा गैरआवासीय नेपाली संघका युरोप उपसंयोजक सापकोटाले आफ्नी दिवंगत बहिनीको सम्झनामा पाँच लाख दिने घोषणा गरेका हुन् ।
नटिङघममा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथी सापकोटाले मानव सेवा आश्रमको कामबाट आफू अत्यन्त प्रभावित भएको बताउंदै आफ्नो सानो सहयोगले अरुलाई पनि प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
अक्टोबरमा हुने निर्वाचनमा एनआरएनए केन्द्रीय सचिव उम्मेदवार सापकोटाले विगतमा पनि बेलायत र नेपालमा कयौं च्यारिटी गरेका छन् ।
सेमिनारबाट आश्रमलाई करिब १३ लाख रुपैयां सहयोग जुटेको छ। साझा नेपाली समाजका सचिव एवं युवा ब्यवसायी सुरेश केसीले पनि पाँच लाखको सहयोग प्रतिवद्धता गरेका छन् भने एक दर्जन जतिले मानव सेवा आश्रमको बेलायत खातामा मासिक १० पाउन्ड डाइरेक्ट डेविटको प्रतिवद्धता जनाएका छन् ।
मानव सेवा आश्रमले वि. सं. २०८२ सम्म सडक आश्रित जीवन मुक्त नेपाल बनाउने लक्ष्य राखेको छ।
साझा नेपाली समाजका अध्यक्ष दिपक सापकोटाको अध्यक्षतामा भएको सेमिनारमा मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी, महासचिव सुशिला केसी, सचिव एवं प्रवक्ता सुमन बर्तौला र बेलायत शाखाका संयोजक सुनिल बाबु खड्काको विशेष उपस्थिति थियो।
मानव सेवा आश्रमका संस्थापक एवं प्रस्तोता रामजी अधिकारीको प्रस्तुतिले सहभागी निकै भावुक बनेका थिए।
वि सं २०६९ सालमा हेटौडामा सडकमै जीवन गुजारा गरिरहेका १८ जना बेवारिसे, अशक्त आमाबुवालाई सरसफाई र नुवाइ धुवाई गरि एउटा अस्थायी आवासमा राखेर शुरु भएको अभियान अहिले देशभरि फैलिएको छ।
अहिले १७ जिल्लामा आश्रम संचालनमा छन् भने आश्रम र आश्रम अन्तर्गतका केन्द्रहरुबाट ६ हजार भन्दा बढी अशक्त बाबाआमाको उद्धार गरिएको छ, जसमध्ये २४ सयको आफ्नै परिवारसँग पुर्नमिलन भएको छ। आश्रमका विभिन्न शाखाहरुमा हाल झन्डै १,६०० व्यक्तिको रेखदेख तथा स्याहार सुसार भइरहेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा